संयुक्त राष्ट्रसङ्घद्वारा अफगानिस्तान आक्रमणको निन्दा
काबुल, ९ साउन । संयुक्त राष्ट्रसङ्घीय अफगानिस्तान सहयोग मिसन (युएनएएमए) ले काबुलमा शनिबार भएको आतङ्ककारी आक्रमणको कडा शव्दमा भत्र्सना गरेको छ । यस आक्रमणमा परी ८० अफगानी नागरिकको हत्या हुनुको साथै अन्य २३१ जना घाइते भएका छन् ।
ूशान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका सयौं निर्दोष जनसमुदाय हताहत हुने गरी आज गराइएको यस बर्बर आक्रमणको जतिसुकै कडा शव्दमा निन्दा गरे पनि पुग्दैनू राष्ट्र सङ्घीय दूत तथा अफगानिस्तानस्थित नियोगका प्रमुख तादामिचि यामामोतोद्वारा प्रकाशित एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राजधानी काबुलको देमाजांग चोकमा सिया समुदायका हजारा समूहले शनिबार निकालेको शान्तिपूर्ण जुलुस प्रदर्शनलाई लक्षितगरी दुईजना आत्मघाती आक्रमणकारीहरुले बम बिस्फोट गराउँदा उक्त हृदयबिदारक घटना हुन गएको थियो ।
दुई मध्ये एकजना आक्रमणकारीको घटनास्थल मै मृत्यु भयो भने बचेर भाग्न खोज्ने अर्कोलाई अफगान प्रहरीले तत्कालै गोली हानी मारि दिएको तथ्य पनि सो बिज्ञप्तिमा जनाइएको छ ।
आक्रमणको जिम्मा आतङ्ककारी समूह इस्लामिक स्टेट ‘आइएस’ ले लिएको छ । अफगानिस्तानका तालिवान आतङ्ककारी समूहले भने यस आक्रमणको दाबी गरेका छ्रैनन । रासस /सिन्ह्वा
Comments
अरु समाचार
-
एप्पलका ९० देशका प्रयोगकर्तालाई साइबर आक्रमणको खतरा
काठमाडौं । प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ ।...
-
फेसबुक र इन्स्टाग्राममा समस्या देखियो
काठमाडौं । मेटा कम्पनीको फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । केही दिन अघि मात्रै लगईन नै नहुने समस्या आएको...
-
फेसबुक चल्न थाल्यो, समस्या हट्यो
काठमाडौं । विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । अवरुद्ध भएको करिब एक घण्टापछि फेसबुक चलेको...
-
वैज्ञानिक सम्मेलनमा प्रधानमन्त्रीको जोड– सुशासनलाई सार्थकता दिन ‘पेपरलेस’ प्रणाली आवश्यक
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने...
-
सामाजिक सञ्जालको पहुँचसँगै उत्तरदायित्वसहितको पत्रकारिता गर्न सञ्चारविज्ञको सुझाव
काठमाडौँ । युट्युबसहित सामाजिक सञ्जालले पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा सञ्चारका विज्ञहरूले राख्नुभएको छ । प्रेस काउन्सिल...
-
पत्रकारितालाई व्यावसायिक र समृद्ध बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
शैक्षिक प्रमाणपत्र लिन त्रिवि धाउनु नपर्ने, अनलाइनबाटै आवेदन दिए पुग्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही...
-
बागमतीको जलप्रवाह र वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न नागमती बाँध बनाइँदै
काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन...