ताजा समाचार

क्यालिफोर्नियाको जङ्गलमा आगलागी

uttarakhand3-k6xD--621x414@LiveMintअमेरिका, १० साउन । क्यालिफोर्नियाको पहाडी क्षेत्रमा आगलागी हुँदा जङ्गल वरपरका हजारौँ घरमा खतरा देखिएपछि त्यहाँ बसोबास गर्ने हजारौँ मानिस सुरक्षित स्थलतर्फ भागेका छन् ।

वनको डढेलोले कैयाँ जङ्गल नजिकै भएका कतिपय घरलाई खरानीमा परिणत गरेको बताइए पनि कति घर आगोले जलेर ध्वस्त भएका भन्ने खवर प्रप्त भैनसकेको बताइएको छ । घटनामा एक जनाको मृत्यु भएकोे बताइएको छ ।

शुक्रबार सुरु भएको डढेलोलाई नियन्त्रणमा लिन सान्ता क्लारिटा र एन्जेल्स नेसनल फरेस्ट क्षेत्रमा सयौँ अग्नी नियन्त्रकले दिनरात प्रयास गरे पनि करिब ३१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको आगो शनिबार साँझसम्म नियन्त्रणमा आइसकेको छैन ।

त्यसैगरी क्यालिफोर्नियाको सामुद्रिक क्षेत्र वरपर करिब ५४० किलोमिटरमा पनि डढेलो लागेको र डढेलो नियन्त्रणमा आउन सकेको छैन ।

जङ्गलमा सल्केको आगो निभाउन ९०० अग्नी नियन्त्रक तथा दर्जनौँ हेलिकोप्टरले अनवरत खटिरहेका भए पनि उक्त क्षेत्र सुरक्षित बन्न नसकेका भताइएकोे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org