ताजा समाचार

फिलिपिन्समा शान्ति वार्ताको तयारी

philippines-flag

 

क्वालालम्पुर, २९ साउन । फिलिपिन्सको सरकार र त्यहाँको एक विद्रोही समूह, मोरो स्लामिक लिबरेशन फन्टबीच शान्ति प्रक्रिया सुरु भएको छ ।

उक्त समूहबीच यसअघि भएको शान्ति सम्झौताको कार्यान्वयन शनिबारबाट हुने भएको बताइएको छ । शान्ति स्थापनाका लागि यसअघि सहमति भएको बताइएको थियो ।

मलेसियाको राजधानी क्वालालम्पुरमा भएको द्विपक्षीय सहमति बमोजिम शनिबारबाट शान्ति सम्झौता लागू हुने भएको हो ।

सो शान्ति सम्झौता करिब दुई वर्ष अघि भएको थियो । तर पनि यसको कार्यान्वयन हुन सकिरहेको थिएन ।

राष्ट्रपतिका शान्ति सम्बन्धी सल्लाहकार जियुज दुरेजाले शनिबार सो जानकारी दिनुभएको हो । उहाँले सो शान्ति सम्झौताको कार्यान्वयन गरी शान्ति वार्ता अघि बढाइने गरी भएको सहमति फिलिपिन्सका लागि एक प्रमुख उपलब्धि भएको जानकरी दिनुभयो ।

मलेसियाको सहयोग र समन्वयमा सन् २०१४ मा उक्त विद्रोही समूह र सरकारबीच शान्ति वार्ता भएको थियो ।
तर त्यसको कार्यान्वयनका लागि उक्त विद्रोही समूहबाटै अनाकानी भएको थियो । तर शनिबारबाट सो सहमति भएपछि भने शान्ति वार्ताको सफलताको अपेक्षा गरिएको छ ।

उक्त समूहका अध्यक्ष मुराद इब्राहिमले यसअघिको शान्ति सम्झौताको पालना गरेर अघि बढ्ने जानकारी दिए । उनले जनताको शान्तिको इच्छालाई मर्न नदिने प्रतिबद्धता पनि व्यक्त गरे । रासस/सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org