ताजा समाचार

पाकिस्तानी स्वतन्त्रता दिवसमा झन्डोत्तोलन

14th-Independence-Day-of-Pa

काठमाडौँ, ३० साउन । पाकिस्तानको ७०औँ स्वतन्त्रता दिवसका अवसरमा यहाँस्थित पाकिस्तानी राजदूतावासमा पाकिस्तानी राष्ट्रिय झन्डोत्तोलन गरिएको छ ।

त्यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले पाकिस्तानको राष्ट्रिय झन्डा फहराउनुभयो । सो अवसरमा पाकिस्तानका राष्ट्रपति ममनुन हुसेन र प्रधानमन्त्री नवाज सरिफले देशवासीका नाममा जारी गर्नुभएका शुभकामना एवम् बधाई सन्देश वाचन गरिएको थियो ।

 

pakistan_ooll

 

समारोहमा कामको सिलसिलामा यहाँ रहेका पाकिस्तानी नागरिक, नेपाल–पाकिस्तान मैत्री सङ्घका पदाधिकारी र दूतावासका कर्मचारीका परिवारको सहभागिता थियो । रासस

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org