ताजा समाचार

संयुक्त राष्ट्रसंघद्वारा निन्दा

download

संयुक्त राष्ट्रसंघ, १ भदौ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो ‘डिआरसी’मा भएको सामूहिक हत्याको कडा शब्दमा निन्दा गरेको छ । कम्तीमा ५० जना सर्वसाधारण ज्यान जाने गरी गरिएको यस आमहत्याको संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदले कडा शब्दमा निन्दा गरेको हो ।
यो आमहत्या गत शनिबार राति बेनी सहर बाहिरी इलाकाको पूर्वीय गाउँ वानगोमामा भएको थियो । यस आमहत्यामा एलाइन्ड डेमोक्र्याटिक फोर्सेस् ९एडीएफ० र उगाडा मूलका सशस्त्र विद्रोही समूह जिम्मेदार रहेको अनुमान गरिएको छ ।
सुरक्षा परिषदद्वारा प्रकाशित विज्ञप्तिमा डिआरसी सरकारले हिंसा प्रभावित क्षेत्रहरुमा एडीएफ र अन्य सशस्त्र विद्रोही समूहविरुद्ध थप सैनिक कारबाही अगाडी बढाउनु पर्ने कुरा जोड दिएको छ ।
स्थानीय अधिकारीहरुका अनुसार उत्तरी किभु प्रान्तमा गत बर्षदेखि भएको हिंसामा परी १ हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । रासस /सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org