ताजा समाचार

अमेरिकामा डढेलो नियन्त्रणका लागि अग्निनियन्त्रकहरुको अथक प्रयास जारी

ban_dadhelo-e1457416697822

अमेरिका, २ भदौ । अमेरिकाको क्यालिफोर्निया राज्यको दक्षिणी भेगमा फैलिएको डढेलो नियन्त्रणका लागि अग्निनियन्त्रकहरुले अथक प्रयास जारी राखेका छन् । कतिपयले स्थानीय बासिन्दाले यस प्रकारको डढेलो आफूले अहिलेसम्म नदेखेको बताएका छन् ।

यस डढेका कारण प्रभावित क्षेत्रका ८२ हजारभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

जङ्गलमा लागेको आगोको मुस्लो करिब ८० फिट माथिसम्म दन्किन थालेपछि जङ्गली क्षेत्रमा बसोबास गर्ने ती ८२ हजारभन्दा बढी घर छोडी सुरक्षित स्थलतर्फ लगेको हो ।

स्थानीय समयअनुसार मङ्गलबार बिहानबाट सुरु भएको डढेलो करिब २४ घन्टामा करिब ४५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएपछि वरपरका बस्तीमा समेत व्यापक क्षति भएको छ ।

‘ब्लु कट फयार’ नाम दिइएका उक्त डढेलोले घरहरु ध्वस्त बनाएको र क्यालिफोर्निया र नभादामा यातायात सेवासमेत अवरुद्ध भएको छ ।

आगलागी नियन्त्रण प्रयास जारी रहे पनि शुक्रबारभन्दा पहिले डढेलोको अवस्था सहज हुने स्थिति नरहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । रासस/एपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org