ताजा समाचार

पश्चिम जर्मनीका पूर्व राष्ट्रपति शीलको निधन

scheel-large_trans++Y4-XNG_7v-V2jIZ3ghNYKBfiMJGWaRBFeEzgYZ6y4S0बर्लिन (जर्मनी), ९ भदौ । तत्कालीन पश्चिम जर्मनीको कम्युनिस्ट समूहसँग पुनःर्मिलनमा उल्लेख्य भूमिका खेल्नुभएका जर्मनीका पूर्व राष्ट्रपति वाल्टर शीलको बुधबार निधन भएको जर्मनीको राष्ट्रपतिको कार्यालयले बुधबार जनाएको छ ।

उहाँ ९७ वर्षको हुनुहुन्थ्यो ।

शीलको डेमोक्रेटिक पार्टीले पूर्व राष्ट्रपति तथा उक्त पार्टीका पूर्व जिम्मेवार नेताको निधन भएको पुष्टि गरेको छ ।

सन् १९१९ को जुलाई ८ मा जन्मनुभई सुरुमा बैंकको कर्मचारीका रुपमा जीवनयापन सुरु गर्नुभएका शीलले नाजीको हवाई दस्ताका रुपमा दोस्रो विश्व युद्धको समयमा काम गर्नुभएको थियो ।

विश्वयुद्धको अन्त्यसँगै उहाँ जर्मनीको वरिष्ठ नेताका रुपमा फ्री डेमोक्रेटिक पार्टीलाई नेतृत्व प्रदान गर्नुभएको थियो ।

उहाँले जर्मन सांसद, विदेशमन्त्री र सन् १९७४ मा छोटो समय एक्टिङ चान्सलरका रुपमा समेत काम गर्नुभएको थियो ।

उहाँ जर्मनीको राष्ट्रपतिका रुपमा पाँच वर्ष रहनुभएको थियो । –एपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org