ताजा समाचार

सिरियाली विद्रोही परिवारसहित दारयाबाट बाहिरिन सुरु

siriyaदारया (सिरिया), ११ भदौ । सिरियाको दारया क्षेत्रमा द्वन्द्वरत विद्रोहीले सरकार विद्रोहीबीच भएको समझदारी अनुसार उक्त सहरलाई छोडी इदलिव प्रस्थान गर्न सुरु गरेका छन् ।

चार वर्षसम्म उक्त सहरलाई सिरियाली सेनाले नियन्त्रणमा लिएको थियो भने विद्रोहीले शहरमा लुकीछिपी आक्रमण गर्दा शहरमा हुनेगरेका झडपका कारण शहरी संरचना क्षतविक्षत अवस्थामा पुगेको छ ।

सरकार र विद्रोहीबीच भएको सहमतिअनुसार विद्रोहीले आफूसँग व्यक्तिगत रुपमा चलाउँदै आएका हतियार, विद्रोहीका परिवारजनलाई सहरबाट बाहिरिन पाउने छन् ।

सहर छाड्ने क्रममा पहिलो चरणमा बसहरुले विद्रोहीका बालबच्चा, महिला र वयोवृद्ध नागरिकहरुलाई लिई सहरबाट बाहिरिएका छन् । उनीहरुलाई रेडक्रस तथा एम्बुलेन्सका गाडीले बाहिरिँदै गर्दा निरीक्षण गर्ने छन् ।

शुक्रबार ३०० विद्रोही र उनीहरुका परिवार बाहिने छन् भने आगामी तीन दिनभित्र दारया सहरबाट करिब आठ हजार मानिस बाहिरिने छन् ।

यो सहरलाई सन् २०१२ देखि सेनाले नियन्त्रणमा लिई सहरभित्र विद्रोही विरुद्धको कारबाही सशक्त बनाएको थियो । शनिबार अपराह्नसम्म सबै विद्रोही र उनीहरुका आफन्तले सहरबाट बाहिरिनु पर्नेछ । –एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org