ताजा समाचार

गोदामघरमा आगलागी हुँदा १६ जनाको मृत्यु

godam-fireरसिया, १२ भदौ । रसियाको राजधानी मस्कोको उत्तरपूर्वी इलाकामा अवस्थित एक गोदामघरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको शनिबार स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

मृतकमध्ये सबै किर्गिज नागरिक रहेको बताइएको छ ।

घटनामा चारजना अन्य घाइते भएका छन् । आगलागी भएको भवनबाट १२ जनालाई सकुशल उद्धार गरिएको रिया नोवोस्ती न्यूज एजेन्सीले बताएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट गोदामघरमा विद्युत् लाइनमा समस्या हुँदा आगलागी भएको र आगलागीबाट निस्किएको धँुवाका कारण गोदामभित्र रहेका मानिसले बाहिर निस्कने बाटो पहिल्याउन कठिन भएको हुन सक्ने बताइएको छ ।

धुँवाको कारण श्वासप्रश्वासमा बाधा भई उनीहरुले ज्यान गुमाएका हुन सक्ने पनि रसियाली सुरक्षा स्रोतले बताएको छ ।

गोदाममा लागेको आगलागी शनिबार नै नियन्त्रणमा आएको छ । घटनाको सम्बन्धमा आवश्यक कानुनी अनुसन्धानलाई अगाडि बढाइसकिएको रसियाली सुरक्षा अधिकारीले जनाएका छन् । – सिन्हवा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org