ताजा समाचार

सुक्र र अनिता पहिलो

1काठमाडौं, १८ भदौ । निजामती दिवसको उपलक्ष्यमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित निजामति अन्तर कर्मचारी दौड प्रतियोगिताको पुरुषमा सुक्रराज तामाङ र महिलामा अनिता भुसाल शुक्रबार पहिलो भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ८ सय मिटर दौड सुक्रले २ मिनेट ३७.६० सेकेन्ड समय खर्चे । नरेश कार्की दोश्रो र किरण विक तेश्रो भए ।

सोही दूरीको महिलामा पहिलो भएकी अनिता भुसालले निर्धारित दूरी ३ मिनेट ३९.४५ सेकेन्ड समय लगाइन् । अमृता भट्टराई दोश्रो र सलिना अर्याल तेश्रो बने । शीर्ष तीन स्थानमा रहनेले क्रमशः ८ हजार, ५ हजार र ३ हजारका दरले नगद पुरस्कार पाउने छन् ।

प्रतियोगतामा ५० पुरुष र २० महिला गरी ७० कर्मचारीले सहभागिता जनाएको राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका अधिकृत मीनकुमार शर्माले जानकारी गराए ।

त्यस्तै निजामति दिवसकै अवसरमा दशरथ रंगशालामा भदौ २० गते मुख्य–सचिव ११ र ट्रेड युनियन ११ बीच मैत्रीपूर्ण फुटबल पनि हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org