ताजा समाचार

गायन प्रतियोगितामा प्रथम भए शशाङ्क

IMG_8822काठमाडौं । बसुन्धरा नेशनल एकेडेमी, बसुन्धराले आयोजना गरेको ‘पाँचौ उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय एकल गायन प्रतियोगिता’मा काठमाडौं इन्टरनेशनल स्कुल गौरीघाटका शशाङ्क सापकोटा प्रथम भएका छन् ।

प्रतियोगितामा टाइमलाइन इन्टरनेशनल स्कुल जोरपाटीकी आयुष्मा राई दोस्रो र त्रिमूर्ति सह–शिक्षालयका अतित लकान्द्री तेस्रो बने ।

ल्यावरेटोरी स्कुलका प्रोशेष पाण्डे र पुष्प बाटिका स्कुलका उदय पाण्डेले सान्तवना पुरस्कार पाए ।

कार्यक्रममा ल्यावरेटोरी स्कुलका रमेश सुवेदी र काठमाडौ इन्टरनेशनल स्कुल गौरीघाटका विनय बर्मा ‘उत्कृष्ट संगीतकार’, प्रेम राई ‘परिक्षित’ र ताराप्रसाद ओस्ती ‘उत्कृष्ट रचनाकार’ घोषित भए ।

विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथि वरिष्ठ गायिका मीरा राणाले नगदसहित मेडल र प्रमाण पत्र प्रदान गरेकी थिईन् ।

काठमाडौं उपत्यकाका ४० विद्यालयका प्रतियोगी विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिताको निर्णायकमा संगीतकार महेश खड्का, संगीतकार विष्णु अधिकारी, गायक उदय सोताङ र गीतकार राम भट्टराई रहेका थिए । कार्यक्रममा वरिष्ठ गायिका कुन्ति मोक्तानको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक संगीतकार डेनी निरौलाले विजयी प्रतियोगीहरुको गीत रेकर्ड गरि एल्बम निकालिने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org