ताजा समाचार

ऐश्वर्याले फिल्मको सिनबारे पहिला नै घरमा भनेको खुलासा

aishoraमुम्बई । केही समयपछि रिलिज हुने अभिनेत्री ऐश्वर्या राय बच्चनको फिल्म ‘ए दिल है मुस्किल’ अभिनेता रणवीरसँगको ‘इन्टिमेट सिन’का कारण अहिले चर्चामा छ ।

युट्युबमा यसको टिजर सार्वजनिक हुनुभन्दा पहिले नै ऐश्वर्याको घरमा अभिताभ बच्चन, अभिषेक बच्चनलगायत सबै रिसाएको कुराले पनि व्यापक चर्चा पायो ।

कतिसम्म भने अमिताभले बुहारीको यो सिन हटाउन फिल्मका निर्देशक करण जौहरलाई फोनसमेत गरेका थिए भनियो ।

तर, केही यस्ता रिपोर्ट सार्वजनिक भएका छन् जसअनुसार यी पहिलेका खबर सबै गलत हुन् ।

ती रिपोर्टका अनुसार ऐश्वर्याले यो फिल्म र रणवीरसँगको सिनबारे घरमा पहिले नै बताएकी थिइन् । – एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org