ताजा समाचार

भलिबल खेल विकासका लागि सहयोग

43

जुम्ला, २० भदौ । जुम्लाको खेल विकासका लागि भन्दै यहाँका एक स्थानीय व्यापारीले रु ५० हजार प्रदान गर्नुभएको छ ।

सहयोग गर्ने सन्ध्या स्टेसनरी जुम्लाका प्रोपाइटर चन्दबहादुर खड्का हुनुहुन्छ । यही भदौ १६ देखि १८ गतेसम्म भइरहेको ६ नम्बर प्रदेशस्तरीय प्रतियोगितालाई निरन्तरता दिनका लागि प्रोपाइटर खड्काले सहयोग गर्नुभएको हो । “खेलजगत् कुनै पनि राष्ट्रको गौरव हो र खेलाडी सम्पत्ति हुन्, त्यसैले नयाँ खेलाडी उत्पादन र तिनको विकासका लागि यो सहयोग गरेको हुँ”, उहाँले भन्नुभयो ।

प्रोपाइटर खड्काले यसअघि जेठमा अपाङ्गता भएका व्यक्तिको ह्विलचेयर र बास्केटवल राष्ट्रिय प्रतियोगिताका लागि रु १० हजार सहयोग गर्नुभएको थियो । खड्काले व्यक्तिगत रुपमा गर्नुभएको सहयोग जुम्लाको भलिबल विकासमा प्रेरणा भएको प्रशिक्षक बरमबहादुर महतले बताउनुभयो ।

पछिल्लो समय जुम्लामा म्याराथुनमा विश्व कीर्तिमान राख्नुभएका धावक हरिबहादुर रोकायासहित दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सफल भइरहेको समयमा भलिबल तथा फुटबलको मोह बढिरहेको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org