ताजा समाचार

कोरियामा नेपाली चेलीले मनाए हरितालिका

received_1844111969156183

मधुसुधन ओझा/दक्षिण कोरिया २० भदौ । कोरियाका विभिन्न शहरमा नेपाली चेलिवेटीहरुले हरितालिका तिज भव्य रुपमा मनाएका छन् ।
कोरिया सहर फेन्थेक वरिपरि बस्ने नेपाली चेलिवेटीहरुले पहिलो पल्ट कान्तिपुर रेस्टुरेन्टमा जम्मा भएर तिज पर्व धुमधामसंग मनाउका हुन् ।

कोरियन नाम अम्बिका पर्क दिदीले आयोजना गरेको उक्त तिज कार्यक्रममा सहभागी महिला दिदीवहिनीले पहिलो यसरी फेन्थेक मै तिज पर्व आयोजना गर्न पाइएको मा खुसी व्यक्त गरेका थिए। अम्बिका पर्क दिदीले पनि यसरी बिदेशमा बसेका महिला दिदीबहिनीहरु जम्मा भएर रमालो गर्दा आफ्नै देशमा भएको जस्तो बताउनुभयो । साथै उहाँले कान्तिपुर रेस्टुरेन्ट परिवारलाई पनि सहयोगका लागि धन्यवाद दिनुभयो ।

अम्बिका पर्क कोरियन नागरिकसँग बिहेगरेर लामो समयदेखि कोरियामा बस्दै आउनुभएको उहाँले समस्यामा हामी नेपालीहरुलाई उदार मनले सहयोग गर्दै आउनु भएको छ । कार्यक्रममा सहभागी कोरियन महिला इहेसन र इहेवन ले नेपाली माहिलाले मनाउने तिजमा सहभागी हुनपाउदा खुसी लागेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org