ताजा समाचार

चाँदबाग दोहोरो उपाधिनजिक

11काठमाडौं, २० भदौ । द चाँदबाग स्कुलको ब्वाइज र गल्र्स दुवै टिम सातौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेको छ ।

मैतीदेवीस्थित मार्भलस इङलिस स्कुलमा भइरहेको प्रतियोगिताको ब्वाइजमा चाँदबागले मार्भलसलाई ४०–३५ ले पराजित ग-यो ।

चाँदबागका प्रशान्त गुरुङले १६ अंक जोडे । फाइनलमा चाँदबागले एसियन पब्लिकको सामना गर्नेछ । अर्को सेमिफाइनलमा एसियनले मार्टियर्सलाई ४७–२९ ले हराएको थियो । एसियनका शम्भु यादवले १४ अंक जोडे ।

गल्र्सको सेमिफाइनलमा चाँदबागले हेम्समाथि १८–१४ को जित रच्दै बृहस्पति विद्या सदनसंग फाइनल भेट पक्का ग-यो । चाँदबागकी इशा सुवेदीले ८ अंक जोडिन् ।

अर्को सेमिफाइनलमा बृहस्पतिले साबलाई २०–१६ ले पाखा लगाएको थियो । बृहस्पतिका लागि विनिता तामाङले ८ स्कोर गरिन् । फाइनल मंगलबार हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org