ताजा समाचार

पारिश्रमिक बढाउन साहिदको माग

Sahid Kapoorमुम्बई । सञ्जय लीला भन्सालीको पद्मावतीमा आफ्नो भूमिका प्रभावकारी र लामो भएको भन्दै अभिनेता साहिद कपुरले पारिश्रमिक बढाउनुपर्ने सर्त राखेका छन् ।

केही दिनअघि मात्र साहिदले भन्सालीलाई स्क्रिप्ट बदलेर आफ्नो भूमिका रणवीर सिंहको जस्तै प्रभावकारी बनाउन बाध्य पारेका थिए ।

अब उनी आफ्नो पारिश्रमिक पनि फिल्मकी अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको बराबर होस् भन्ने चाहन्छन् ।

यो फिल्मका लागि साहिदलाई ४ करोड भारतीय रुपैयाँभन्दा धेरै दिने तयारी थियो । तर, उनी कम्तीमा पनि ७ करोड चाहन्छन् ।

त्यसो त फिल्ममा राजा रतन सिंहको भूमिकामा अरू बलिउड कलाकार देखिन नचाहेकाले भन्सालीले बाध्य भएर साहिदको सर्त पूरा गर्नुपर्ने पनि बताइएको छ । – एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org