ताजा समाचार

पूर्व प्रेमिका ऐश्वर्यालाई सलमानको यसरी आयो जवाफ

Aishwarya-Rai_bollywood_divas_with_the_most_beautiful_curvesमुम्बई । निर्देशक करण जौहरको फिल्म ‘ऐ दिल है मुश्किल’को ‘टिजर’ सार्वजनिक भएपछि अत्यन्त धेरै चर्चा कमाएको छ ।

फिल्ममा अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिनेता रणवीर कपुरका केही ‘सिन’ विवादमा पनि आएका छन् । बच्चन परिवारले त्यस्ता सिनमाथि प्रश्न उठाएपछि यो विषयले झन् धेरै चर्चा बटुल्यो ।

अब ऐश्वर्याका पूर्वप्रेमी अभिनेता सलमान खानले यसबारे प्रतिक्रिया दिएका छन् । सलमानको प्रतिक्रिया झन् चर्चामा आएको छ । ऐश्वर्याको नयाँ फिल्मको टिजर कस्तो लाग्यो भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै सलमानले भने, ‘मैले त अहिलेसम्म त्यो टिजर हेरेको नै छैन । तर, मलाई लाग्छ, तपाईंहरूले हेर्नुभएको छ । तपाईंहरूलाई कस्तो लाग्यो ?’

यसलाई सलमानको ‘डिप्लोमेटिक’ उत्तर भनिएको छ । यस्तो जवाफ आएपछि अनुमान गरिएको छ– सलमानलाई ऐश्वर्याको भूमिका मन परेको छैन । जे होस्, युट्युबमा यो टिजर २ करोडभन्दा धेरैले हेरिसकेका छन् । यो फिल्म २८ अक्टोबरमा रिलिज हुँदै छ । – एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org