ताजा समाचार

फ्रान्सद्वारा मत पुनःगणना गर्न राष्ट्रपति बोङ्गोलाई आग्रह

Franceलिब्रभिल (गावन), २२ भदौ । गावनका राष्ट्रपति अलि बोङ्गोले निर्वाचनमा बहुमत ल्याउन गैरप्रजातान्त्रिक तथा गैरन्यायिक बाटो लिएको भनी आलोचना आइरहेका बेला यहाँका न्यायमन्त्रीले समेत मतगणनाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिनुभएपछि मङ्गलबार फ्रान्सले विवादलाई मिलाउन मत गणनालाई दोहो-याउन आग्रह गरेको छ ।

राष्ट्रपति बोङ्गोले सामान्य करिब ६ हजार मत अन्तरले आफू विजयी भएको घोषणा गर्नुभएको थियो । यसप्रति फ्रान्सका प्रधानमन्त्री म्यानुयल भल्जले अविश्वास प्रकट गर्दै पुनः मत गणना गर्न आग्रह गर्नुभएको हो ।

भल्जले निर्वाचन प्रणाली स्पष्ट हुनुपर्छ भन्दै मतगणनाले केही शङ्का उत्पन्न गरेकाले दोहो¥याएर मत गन्नु बुद्धिमानी हुने बताउनुभएको हो ।

फ्रान्सले युरोपियन युनियन तथा संयुक्त राज्य अमेरिकाले भने झै हरेक मत केन्द्रको परिणाम छुट्टिने गरी मतगणना गर्न गावनलाई सल्लाह दिएको छ । –एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org