ताजा समाचार

क्रिकेटर सुनिल र आरिफलाई सिप्रदीले मासिक २० हजार दिने

timthumb

काठमाडौं, २२ भदौ ।  सिप्रदी समूहले युवा क्रिकेटर सुनिल धमला र आरिफ शेखलाई मासिक २० हजार रुपियाँ प्रायोजन गर्ने भएको छ।  राष्ट्रिय टोलीका दुवै क्रिकेटरलाई सिप्रदी समूहअन्तर्गत रहेको सिप्रदी सहायता संस्थाले दुई वर्षका लागि प्रायोजन गर्न लागेको हो। राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सिप्रदी समूहका निर्देशक शम्भुप्रसाद दाहालले यसको घोषणा गर्दै उनीहरूलाई रकमसहित क्रिकेट किट्स पनि प्रायोजन गर्ने जानकारी दिए। ‘यो सुरुवात मात्र हो। आगामी दिनमा पनि देशका खेल प्रतिभालाई प्रायोजन गर्ने हाम्रो लक्ष्य रहेको निर्देशक दाहालले बताएका छन् ।

कार्यक्रममा राष्ट्रिय टोलीका कप्तान तथा खेलाडी संघका महासचिव पारस खड्काले खुसी व्यक्त गरे। उनले प्रायोजन गर्ने संस्थालाई विशेष धन्यवाद दिँदै भने,‘यस्तो सहयोगले खेलाडीलाई क्रिकेटमा लाग्न प्रेरणा मिल्छ।’ उनले निकट भविष्यमा अन्य संस्थालाई पनि सहयोगका लागि निवेदन गर्ने उनले बताए । सिप्रदीले क्रिकेटमा लाग्न आफूहरूलाई प्रायोजन गरेर हौसला बढाएकोमा दुवै खेलाडीले विशेषरूपमा प्रयोजक संस्था र खेलाडी संघलाई धन्यवाद दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org