ताजा समाचार

इजिप्टमा भएको बस दुर्घटनामा २७ को मृत्यु

egyptpoliticalmapकायरो २३ भदौ । दक्षिणी कायरोमा छुट्टाछुट्टै भएको बस र रेल दुर्घटनामा कम्तीका २७ व्यक्तिको मृत्यु भएको छ । एक बस दुर्घटनामा कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ भने रेल दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको छ ।

इजिप्टको दक्षिणपश्चिमी प्रान्त वेदी एल गेडिडमा एक बस र ट्रक एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको इजिप्टेली स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सो बसमा रहेको यात्रुहरूको एकिन सङ्ख्या भने तत्काल प्रष्ट भएको छैन ।

इजिप्टमा सडक दुर्घटना एक साधारण घटनाको रूपमा हुने गरेको पाइन्छ । देशका प्रायः सडकहरू नियमित मर्मत नभएका कारण यसप्रकार दुर्घटना हुने गरेको बताइन्छ ।

दुर्घटना भएको रेलमा भने करिब ६० जना यात्रु रहेका पटरीबाट छुट्टिएर सो घटना भएको बताइएको छ ।

कायरोबाट दक्षिणी सहर आजवानतर्फ गईरहेको सो रेल दुर्घटना भएको प्रहरी र चिकित्सक स्रोतले जानकारी दिएको छ । यस रेल दुर्घटना अन्य २७ यात्रु घाइते भएका छन् । – एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org