ताजा समाचार

‘पशुपति प्रसाद’ वर्षको उत्कृष्ट चलचित्र

filma

काठमाडौँ । सिनेमा सर्कल नेपालले गत वर्ष भरीका चलचित्र तथा चलचित्रकर्मीमध्येबाट उत्कृष्ट छनोट गर्दै ‘एलजी फिल्म अवार्ड’ प्रदान गरेको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन, बलिउडका अभिनेता तथा भारतीय लोकसभा सदस्य शत्रुघन सिन्हा, नेपालका लागि भारतीय राजदूत रणजित राय, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

चलचित्रका विभिन्न २१ विधामा उत्कृष्ट ठहर भएकालाई पुरस्कृत गर्ने क्रममा वर्षको उत्कृष्ट चलचित्र ‘पशुपति प्रसाद’ र त्यसका निर्देशक दीपेन्द्र के खनाल उत्कृष्ट निर्देशक ठहरिए ।

त्यस्तै, उत्कृष्ट अभिनेता तथा अभिनेत्री क्रमशः चलचित्र ‘कबड्डी कबड्डी’बाट दयाहाङ राई र ‘क्लासिक’बाट नम्रता श्रेष्ठ घोषित भए । त्यसैगरी अनमोल केसी र रेखा थापाले लोकप्रिय अभिनेता र अभिनेत्रीको पुरस्कार हात पारे भने करिश्मा मानन्धरलाई दशककै उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्रदान गरियो । साथै उद्धवराज भट्टराई (जुङ्गे भट्टराई)लाई दीर्घकालीन साधना सम्मानद्वारा पुरस्कृत गरिँदै रु ५१ हजार प्रदान गरियो ।

कार्यक्रममा उपराष्ट्रपति पुनले पछिल्लो समयमा व्यावसायिक रुपमा उत्कृष्ट नेपाली चलचित्र बन्न थालेको आफूले महसुस गरेको बताउँदै भन्नुभयो, “विगतमा बनेका कतिपय चलचित्रले समाज परिवर्तनमा योगदान पु¥याएका थिए ।”

सोही कार्यक्रममा बलिउड अभिनेता सिन्हाको आत्मवृतान्त ‘एनिथिङ बट खामोस’को नेपाल संस्करणको लोकार्पण गरिएको थियो । आयोजक सिनेमा सर्कलका अध्यक्ष दिनेश डिसीले आमामी वर्षदेखि हरेक वर्षको वैशाख एक गते ‘एलजी फिल्म अवार्ड’ गर्ने आफूहरुको योजना सुनाउनुभयो ।

यो पनि पढ्नुस् । 

http://news-nepal.com/2016/01/29/12634.html

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org