ताजा समाचार

सामाखुशीलाई फुटबल उपाधि

9काठमाडौं, २५ भदौ । सामाखुशी फुटसलले कामाद कप सिक्स ए साइड पुरुष फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

काठमाडौं ७, चावहिलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सामाखुशीले केएएफसीलाई ५–१ गोलले पराजित ग-यो ।

विजयी टिमका लागि श्याम नेपाली र नवीन लामाले २–२ तथा दिनेश कार्कीले १ गोल गरे । केएएफसीका मोहन गुरुङले सान्त्वना गोल फर्काए ।

उपाधिसंगै सामाखुशीले १ लाख नगद पुरस्कार हात पा-यो भने केएएफसीले ५० हजार नगदमा चित्त बुझायो । विजेता र उपविजेताको नगद पुरस्कार कामाद कलेजले प्रायोजन गरेको हो ।

प्रतियोगितामा केएएफसीका मोहन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए भने प्रतियोगिताभर १४ गोल गरेका साइपाल एकेडेमीका उनम बुढाथोकी सर्वाधिक गोलकर्ता बने ।

त्यस्तै सामाखुशीका अनिल लामा उत्कृष्ट गोलरक्षक तथा सामाखुशीकै दिनेश कार्की उत्कृष्ट मिडफिल्डर चुनिए । उत्कृष्ट चारैले समान ५–५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई कामाद कलेजका अध्यक्ष नेत्रबहादुर कार्की, चावहिल स्पोर्ट्स क्लबका अध्यक्ष अजब श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ ९ गतेदेखि सुरु नकआउट प्रतियोगितामा ५२ टिमले प्रतिस्पर्धा गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org