ताजा समाचार

फिटनेश र्याप्पमा मरिस्का र गजित

photoकाठमाडौ । ‘चपली हाइट २’ अभिनेत्री मरिस्का पोखरेल, अभिनेता गजित बिष्टलगायत आधा दर्जन बढी कलाकर्मीले फिटनेश र्याप्प नाप्ने भएका छन् ।

‘जुम्वाण्डु फिटनेश क्लब’ भिमसेन गोलाले आफ्नो प्रथम बार्षिक उत्सवको अवसर पारेर आयोजना गर्न लागेको ‘जुम्बा एण्ड डिजे डान्स पार्टी २०१६’ मा सेलिब्रेटी, सिनियर जुम्बा प्रशिक्षक र युवा युवती एकसाथ फिटनेश र्याप्पमा देखिनेछन् ।

मानिसको स्वस्थ्यका लागी जुम्मा फिटनेशको महत्व बुझाउने उदेश्यले नेपालमै पहिलो पटक फिटनेश र्याप्प आयोजना गरिन लागिएको जुम्बा फिटनेशका प्रबन्धक अर्जुन रखाल मगरले बताए ।

मगरले थपे कार्यक्रममा बैज्ञानिक तवरले रेगुलर एक्सरसाइज गरे अस्पताल र औसधि बिना पनि स्वस्थ्य रहन सकिन्छ भन्ने सन्देश सबै माझ जानेछ ।

आनन्द इभेन्ट भिमसेन गोलामा आगामी असोज ३ गते आयोजना हुने कार्यक्रममा सहभागीलाई फिटनेश ज्ञानका अलवा बिभिन्न मनोरञ्जन दिने उदेश्यले डान्स पार्टी ,वेइलकम डिक्स, बफेट डिनरलगायतका प्याकेजका कार्यक्रम समेत राखिएका छन् ।

स्वस्थका लागी फिटनेशको महत्व आफु पनि बुझ्न र अरुलाई पनि बुझाउन फिटनेश र्याम्पमा सहभागी हुन लागेको अभिनेता गजित बिष्टले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org