ताजा समाचार

पप गायक सुनिल बर्देवाको निधन

sunil-bardewaकाठमाडौं, २९ भदौ । पप गायक एवम् चर्चित गिटारिष्ट सुनिल बर्देवाको निधन भएको छ । बर्देवाको मंगलबार राति शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।

मंगलबार दिउँसो रगत बान्ता गरेपछि बर्देवालाई तत्काल शिक्षण अस्पताल महाराजगञ्ज पुगाइएको आफन्तले जनाएका छन् । काठमाडौंका स्थायी बासिन्दा बर्देवा जण्डिससम्बन्धी रोगबाट पीडित थिए ।

नयाँ एल्वमको तयारी गरिरहेका गायक बर्देवाकी छोरी चितवनमा डेन्टिष्टको अध्ययनरत छिन् । बर्देवाका छोरा साना छन् । उनकी पत्नीको दुई वर्ष अगाडि निधन भएको थियो ।

‘मेट्रिक्स’ नामक ब्याण्डबाट गायन र संगीत यात्रा काम थालेका बर्देशवाले ‘जब म निद्रामा हुन्छु…’, ‘गोरेटो अनि उस्तै छ गल्ली…’, ‘बिहानीमा अनि साँझमा…’ जस्ता चर्चित गीत गाएका थिए । उनी राम्रा रेकर्डिष्टका साथै एरञ्जर पनि हुन् ।

गायक बर्देवाको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि काठमाडौंको कमलादीस्थित प्रज्ञावनमा राखिने जनाइएको छ ।
दुई साताअघि मात्रै लोकगायक खेमराज गुरुङको पनि जण्डिसले ज्यान गएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org