ताजा समाचार

इदका अवसरमा दिइएका बलीका कारण ढाकामा सडक रगताम्मे

dhakaढाका (बङ्गलादेश), ३० भदौ । मुस्लिमहरुको ठूलो चाड मनाउने क्रममा दिइएको बलीका कारण ढाकाका सडकसमेत रगताम्मे हुन पुगेका छन् ।

मुसलमानहरुको ठूलो चाड इद उल –आदाहका अवसरमा बलि दिइरहेका स्थानमा परेको वर्षाले बली दिँदा बगेको रगत बर्सात्को पानीमा भलको रुपमा सडकमा पुगेपछि ठाउँठाउँमा सडक रगताम्मे भएका पाइएको थियो ।

हुनतः बङ्गलादेशको प्रशासनले बली दिनका लागि निश्चित क्षेत्र तोकेको थियो । तर वर्षाले ती स्थानमा पुग्न स्थानीयवासीलाई कठीन भएपछि आफ्नो पाएक पर्ने ठाउँमा जम्मा भई बली दिएपछि ठूलो मात्रामा जम्मा भएको रगत वर्षाको भेलमा मिसिएर सडकमा पुगेको हो ।

बङ्गलादेशको राजधानी ढाकामा कमजोर ड्रेन निकासका कारण सानो वर्षा हुँदा पनि सडकमा पानी जम्ने समस्या हुने गर्छ । –एपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org