ताजा समाचार

३२ लागिन् दीपिका

काठमाडौं । अभिनेत्री दीपिका पादुकोण बिहीबारदेखि ३२ वर्षमा प्रवेश गरेकी छिन् । सन् १९८६ जनवरी ५ मा डेनमार्कको कोपेनहेगनमा जन्मिएकी दीपिकाले मोडलिङबाट करिअर सुरु गरेकी थिइन् । मोडलिङका दिनमा उनी मोडल निहार पाण्डेसँग अफेयरमा थिइन् । त्यतिवेला उनी मुम्बईमा प्रेमी निहारकै घरमा बस्ने गरेकी थिइन् । रणवीर सिंहसँग अफेयर चलेपछि दीपिका र निहारबीच ब्रेकअप भएको थियो । जन्मदिनको अवसरमा पूर्वप्रेमी निहारले समेत दीपिकालाई प्रगतिको शुभकामना व्यक्त गरेका छन् । निहारको शुभकामनाले रणवीरलाई तनाव भएको समेत अनुमान लगाइएको छ । दीपिका साहरुख खानको ‘ओम शान्ति ओम’ फिल्मबाट हिरोइन बनेकी हुन् । त्यसअघि उनले हिमेश रेसमियाको भिडियोमा अभिनय गरेकी थिइन् । उनका थुप्रै फिल्म हिट छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org