ताजा समाचार

साहरुख फेरि आउँदै छन् टिभीमा

एजेन्सी । कुनै वेला सानो पर्दाबाट करिअर सुरु गरेका साहरुख खान पुनः टेलिभिजनमा देखिने भएका छन् । खबरअनुसार उनी स्टार प्लसको एउटा च्याट सो होस्ट गर्ने तयारीमा छन् । हालै उनलाई च्यानलले अफर गरेको थियो । साहरुखले ‘हुन्छ’ भन्ने जवाफ दिएको बताइन्छ । नाम फाइनल गरिनसकिएको उक्त च्याट सो जुन पहिलो साताबाट सुरु हुने तयारीमा छ । हाल साहरुख च्याट टिमसँग काम गरिरहेका छन् । उनले सोलाई स्तरीय बनाउनका लागि आफ्ना आइडिया पनि लगाइरहेका छन् । सो निकै मनोरञ्जक बनाउने च्यानलको लक्ष्य छ । साहरुखले यसअघि पनि थुप्रै रियालिटी सोको होस्ट गरेका छन् । उनले सन् २००७ मा ‘कौन बनेगा करोडपति’, सन् २०११ मा ‘क्या आप पाचवी पाससे तेज है’, ‘जोरका झट्का टोटल वाइपआउट’, ‘इन्डिया पुछेगा सानसे’लगायतका सो होस्ट गरिसकेका छन् । साहरुखले हिरो बन्नुअघि ‘फौजी’, ‘सर्कस’ र ‘दुसरा केवल’ नामक सिरियलमा अभिनय गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org