ताजा समाचार

बलिउड अभिनेता ओम पुरीको निधन

पुस २२ ।  बलिउड अभिनेता ओम पुरीको शुक्रबार बिहान ६६ वर्षको उमेरमा निधन भएको छ ।

हृदयघातका कारण उनको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

सन् १९५०  अक्टोबर १८ तारिखमा जन्मिएका उनले सन् १९७६ मा मराठी फिल्मबाट अभिनय सुरु गरेका थिए ।

हलिउडदेखि बलिउडसम्म उनले ३ सयभन्दा बढि फिल्ममा अभिनय गरेका छन् ।

उनी बिरामी भएपनि आफ्नो नयाँ फिल्म ‘रामभजन जिन्दाबाद’ को प्रोमोशनमा जुटिरहेको बताइएको छ ।

ओमपुरीले कमेडीदेखि गम्भीर भूमिकामा अभिनय गरे । ‘आक्रोश, अरोहन, अर्धसत्य, माचिस’ उनका ती फिल्म हुन् जसले हरेक व्यक्तिलाई छोएको थियो । उनले हिन्दीका साथै अंग्रेजी, कन्नडर पञ्जाबी भाषाको फिल्ममा पनि अभिनय गरेका छन् ।

ओमपुरी आवाजका धनी थिए । थुप्रै डकुमेन्ट्री र फिल्ममा उनको आवाज समावेश गरियो । यसै कारण उनले बलिउडमा आफ्नो छुट्टै स्थान बनाउन सफल भएका छन् ।

ओम पुरीको शवलाई अन्धेरीस्थित उनको निवासमा राखिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि उनका पुराना साथी, बलिउडका सहकर्मीको उपस्थिती रहेको छ ।

बलिउडका विभिन्न हस्तीले उनलाई ट्वीटरमार्फत अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org