‘लुट’ सिक्वेलको ट्रेलर सार्वजनिक
काठमाडौं- वर्षकै प्रतीक्षित फिल्म मानिएको ‘लुट २’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार क्युज सिनेमा हलमा ट्रेलर सार्वजनिक गरिएको हो। २०६९ सालमा रिलिज भएको ‘लुट’ नेपाली फिल्म उद्योगको ‘गेम चेन्जर’ फिल्म मानिन्छ। फिल्मले बक्स अफिसमा कमाइको रेकर्ड बनाएसँगै नेपाली फिल्मको विषय र प्रस्तुतिमा पनि गहिरो प्रभाव पारेको थियो। चार वर्षपछि निर्देशक निश्चल बस्नेतले लगभग उनै कलाकार र प्राविधिक लिएर सिक्वेल बनाएका हुन्।
‘हाकु कालेले बैंक लुटेर धोका दिएपश्चात् जेल गएका बाँकी चरित्रले जेलबाट निस्केपछि उनलाई भेटेरे बदला लिन गरेको प्रयत्न फिल्मको कथा हो,’ कार्यक्रममा निर्देशक निश्चल बस्नेतले भने, ‘फिल्मलाई थप स्टाइलिस र प्राविधिक रुपमा उत्कृष्ट बनाउने प्रयास गरेका छौं।’
पहिलो शृंखलामा छाडा संवाद र गलत सन्देश दिएको आरोप खेपेका बस्नेतले सिक्वेलमा छाडा संवादमा कमी गरिएको भए पनि फिल्मले दिने सन्देशका विषयमा ठेक्का लिन नसक्ने बताए।
‘मैंले फिल्म बनाउने हो तर यसले दिने सन्देश दर्शकअनुसार फरकफरक हुन सक्छ। यो विषयमा मैंले ग्यारेन्टी लिन सक्दिनँ,’ बस्नेतले भने।
सेन्सरले हिंसा तथा यौनजन्य अभिव्यक्ति समेटिएका संवाद काट्न पनि लगाउने अनि एडल्ट सर्टिफिकेट पनि दिने दोहोरो चरित्र निर्वाह गर्दै आएको आरोप उनले लगाए। ‘सेन्सर बोर्डलाई गलत लागेका दृश्य काट्न वा हटाउन छुट छ। तर त्यति गरेपछि एडल्ट सर्टिफिकेट दिए म लिन्नँ। पिजी वा युनिभर्सल सर्टिफिकेट चाहिन्छ,’ बस्नेतले भने। नेपालको सेन्सर बोर्डले फिल्मको विषयवस्तु हेरी एडल्ट, पिजी र युनिभर्सल सर्टिफिकेट दिने गरेको छ।
फिल्मको पहिलो भाग निर्माण गरेका माधव वाग्ले र नरेन्द्र महर्जन सिक्वेलका पनि निर्माता हुन्। नरेन्द्र कार्यक्रममा अनुपस्थित भए पनि अर्का निर्माता माधव वाग्लेले भने ‘लुट २’ ले ‘छक्का पन्जा’ को रेकर्ड ब्रेक गर्ने दाबी गरे।
‘लुटले उति बेला धेरै रेकर्ड बनाएको थियो। छक्का पन्जाले १६ करोड कमायो। अब यो फिल्मले १७ करोड कमाउँछ,’ वाग्लेले दाबी गरे।
फिल्ममा सौगात मल्ल, कर्म, दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, कामेश्वर चौरसिया, प्रवीण खतिवडा, सिर्जना सुब्बा, सुशीलराज पाण्डे, प्रतीकराज न्यौपाने, सुशील उप्रेती, अलिशा राईलगायतको अभिनय छ। निश्चल बस्नेतकै लेखनको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन्। फिल्ममा कालीप्रसाद बाँस्कोटा, रोशन थापा, हर्कुलिस बस्नेत र सुरज शाही ठकुरीको संगीत छ।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...