फेसन सेन्स या ब्लन्डर
काठमाडौं । साम्राज्ञीराज्यलक्ष्मी शाह पछिल्लो समय सहीभन्दा गलत कारणले चर्चामा छिन् । भर्खर करिअर सुरु गर्नेले ब्वाइफ्रेन्ड भए पनि लुकाउँछन् । तर, साम्राज्ञीले आफैँ ब्वाइफ्रेन्ड सार्वजनिक गरिदिइन् । ब्वाइफ्रेन्डसँगका अन्तरंग तस्बिर सार्वजनिक हुँदा पनि प्रष्टीकरण दिएकी छैनन् । धेरै शुभचिन्तकले साम्राज्ञीको यो कदमलाई आत्मघाती ठानेका छन् । त्यस्तै, हालै दुबईमा भएको नेफ्टा अवार्डमा पनि साम्राज्ञीको ड्रेसले धेरैको मन अमिलो बनाइदिएको छ । एक त पारदर्शी कपडा त्यसमाथि बेढंगको बसाइ । फेरि त के थियो, उनका तस्बिरले सामाजिक सञ्जाल रंगिन बेर लागेन ।
साम्राज्ञी पछिल्लो पुस्ताकी रोल मोडल हुन् । पर्दाभित्र जेजस्तो चरित्र निर्वाह गरे पनि सार्वजनिक ठाउँमा जाँदा उनले आफ्नो भूमिका र दायित्व अनुभूत गर्नुपर्छ । तर, उनले यसलाई ख्याल गरेको देखिँदैन । केही महिनाअघि पनि साम्राज्ञीको यस्तै ड्रेसले धेरैलाई शंकालु बनाएको थियो । कलाकार संघले बाँडेको अवार्ड विजेतालाई उतिबेलाका प्रधानमन्त्रीले भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए । विजेता सबै कलाकार शालीन डे«समा थिए । तर, साम्राज्ञी भने सेतो पारदर्शी ड्रेसमा नाइटोमा मुन्द्रा भिरेर प्रधानमन्त्रीलाई भेट्न पुगेकी थिइन् । साम्राज्ञीको सो पहिरनलाई देखेर धेरैका आँखा चौडा भएका थिए । तर, नेफ्टा अवार्डमा उस्तै पहिरन प्रदर्शन गरेर साम्राज्ञीले फेसन गर्ने चक्करमा ब्लन्डर गरेकी छिन् । एक पटकको गल्ती क्षम्य हुन्छ तर उस्तै गल्ती बारम्बार गर्नु बेवकुफी । र, मनोरञ्जन उद्योग यस्तो ठाउँ हो, जहाँ एक सही निर्णयले मानिस रातारात शिखरमा पुग्छ भने एक गलत निर्णयले फेदीमा । साम्राज्ञीले आफूलाई कहाँ राख्ने ? यस्तै कुरामा देखाउने सचेततामा भर पर्छ ।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...