ताजा समाचार

राष्ट्रिय फुटबल रेफ्री सुरज मानन्धर सन्यास लिए

लमजुङः पूर्व राष्ट्रिय खेलाडी तथा रेफ्री सुरज मानन्धरले खेल जीवनबाट सन्यास लिएका छन् । त्रिवेणी कप खेलाउन बेसीसहर आएका मानन्धरले बुधबार विज्ञप्ति जारी गरी खेलबाट सन्यास लिएका हुन् ।

आफ्नो जिवनमा १४ वर्ष खेलाडी र १४ वर्ष रेफ्रीको भूमिका निर्वाह गरेका मानन्धरले सबैभन्दा धेरै समय त्रिवेणी कप खेलाएको भन्दै लमजुङमा भएको २५ औँ त्रिवेणी कप प्रतियोगिता पछि औपचारिकरुपमा सन्यास लिएको बताए ।

विसं २०४६ बाट काठमाडौँस्थित ब्वाइज स्पोट्स क्लबमार्फत खेलको सुरु गरेका मानन्धरले मनाङ मस्र्याङ्दी, एनआरटीलगायतका क्लबबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका थिए । उनले २०५९ मै व्यावसायिक खेल जीवनबाट सन्यास लिएका थिए ।

रेफ्री बनेपछि हालसम्म ४७ प्रतियोगितामा ९७ खेल खेलाएका उनले अब नयाँ पुस्तालाई स्थान दिनको निम्ति आफूले खेल जीवनबाटै सन्यास लिएको बताए । उनको सन्यासको घोषणा पछि खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै त्रिवेणी क्लबले सम्मान गरेको थियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org