ताजा समाचार

भारतीय क्रिकेटका कप्तान धोनीको राजिनामा

एजेन्सीः भारतीय क्रिकेट टोलीका सफल कप्तान महेन्द्र सिंह धोनीले टी–२० तथा एकदिवसीय क्रिकेटको कप्तानीबाट राजिनामा दिएका छन् ।

नागपुरमा धोनीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई आफ्नो फैसलाको जानकारी गराएका छन् । उनले कप्तानी छाडे पनि खेलमा सहभागी हुने बताएका छन् ।

विगत नौ बर्षदेखि कप्तानी सम्हालेका धोनीले आफ्नो निर्णय सार्वजनिक गरेपछि उनलाई भेट्न गएका खेलाडी साथीहरुसँग अब हुने टी-२० को तयारी तथा नयाँ कप्तानलाई काम गर्ने समय प्रदान गर्न आफूले छोडेको बताएका छन् ।
उनले भने-‘आगामी टी-२० तथा वर्ल्ड कपमा एकै कप्तान होस् भन्ने मेरो चाहना हो । त्यसैले अहिले नै अलग भएको हो । अब बोर्डले नयाँ कप्तान तोक्ने मेरो आशा छ ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org