ताजा समाचार

दक्षिणी थाइल्याण्डमा भारी बर्षा र बाढीबाट ६ को मृत्यु

 

बैकक, २२ पुस । दक्षिणी थाइल्याण्ड अबिरल बर्षा र बाढीको कारण कम्तीमा ६ व्यक्तिको मृत्यु भएको समाचार छ । यस प्रकोपको कारण उडानसेवाहरु समेत ढिला भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

एक हप्तायतादेखि जारी भारी बर्षा र त्यसपछि आएका बाढीको कारण दक्षिणी थाइल्याण्डको नौ वटा प्रांन्त प्रभावित भएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस भारी बर्षा र बाढीको कारण ६ व्यक्तिको मृत्यु हुनुको साथै
कम्तीमा १ लाख २० हजार घरपरिवार प्रभावित भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

दक्षिण थाइल्यान्डको समुइमा रहेका एक पाहुना (गेस्ट हाउस) का मालिकले कैयौ द्विप इलाका प्रभावित हुृने गरी आएको यो एक दशक भन्दा बढी समययताको भारी बर्षा र बाढी भएको जानकारी दिएका छन् ।

करिब १२ बर्षअघिदेखि आफू सो इालाकामा बस्दै आएको र यस प्रकारको प्रकोप नदेखेको उनले जानकारी दिएका छन् ।
जारी यस प्रकोपको कारण भएका उडान सेवा रद्दका कारण आफ्ना पाहुना घर भरिएको पनि उनले बताएका छन् । रासस /एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org