ताजा समाचार

महानायक राजेश हमालले खुलेर गरे एमाले अध्यक्ष ओलीको प्रशंसा

काठमाडौं । केही समययता अभिनेता राजेश हमाल आफ्ना कार्यक्रमबारे मात्र होइन, समयसान्दर्भिक विचारबारे केही बताउनुप¥यो भने सामाजिक सञ्जाल फेसबुक छानिहाल्छन् । शुक्रबार पनि उनले फेसबुकको प्रयोग गरे र एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीको प्रशंसा गरे । ओलीसँगका दुई फोटो फेसबुकमा राख्दै हमालले लेखेका छन्, ‘कुनै पार्टी विशेषमा नलाग्नुको फाइदा राम्रो काम गर्नेको खुलेर प्रशंसा गर्न सकिँदो रहेछ । … शुभकामना ।’ तर, फिल्मीजगत्ले यसलाई शुभकामनाका रूपमा मात्र बुझेको छैन । यस्तो किनभने पछिल्लो समय कलाकारहरू पार्टीमा प्रवेश गर्ने क्रम बढ्दो छ । के अब राजेश पनि त्यही बाटोमा छन् ? प्रश्न उठ्नु स्वाभाविक पनि हो । तर, केही अघिसम्म कार्यक्रमहरूमा राजेश आफैँले आफू डेमोक्रेटिक भएको बताउँदै आएका थिए । त्यसैले यस्तो प्रश्न गर्नेहरूलाई ओलीसँगको फोटो राखेर राजेशले चकित बनाएका छन् । जे होस्, शुक्रबार राजेशले राखेको फोटोमा शनिबार साँझसम्म चार हजार नौ सयभन्दा धेरैले लाइक गरेका छन् । कमेन्टमा कतिपयले त राजेशलाई पनि राजनीतिमा आउन सुझाब दिएका छन् । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org