ताजा समाचार

आमा बन्ने रहर छ : नायिका रेखा थापा

दाङ । पहिले छविराज ओझासँग विवाह गर्नुभयो तर आमा बन्नुभएन । फेरि अर्को विवाह गर्नुभएको छैन । एउटी महिला भएका नाताले तपाईंमा आमा बन्ने रहर छैन ? दाङको घोराहीमा पत्रकारले सोधेको प्रश्नमा नायिका रेखा थापाले भनिन्– ‘आम महिलामा जस्तै ममा पनि आमा बन्ने रहर छ । अब विवाह गर्ने उमेर पनि पुगेको छ । कुरा मिल्यो भने छिट्टै विवाह गर्छु र आमा पनि बन्छु ।’ हालै राप्रपा नेपालमा प्रवेश गरेकी नायिका थापाले अब राजनीतिक नायिका बन्ने पनि बताइन् । नीति निर्माण तहमा भूमिका खेल्न राजनीतिमा आएको र अब यो क्षेत्रको पनि नायिका बन्ने उनको दावी थियो । ‘चलचित्रमा मात्रै नायिका भएर महिलाका मुद्दाहरू उठाउन कठिन हुँदोरहेछ । अब म फिल्ममा मात्र होइन राजनीतिमा पनि नायिका बन्न चाहन्छु,’ रेखाले भनिन्– ‘अब महिलाका समस्यालाई राजनीतिक रूपमै सम्बोधन गर्ने योजनामा छु ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org