ताजा समाचार

सिइओ ज्ञवालीले बुझाए दोस्रो स्पष्टिकरण

काठमाडौँ, २४ पुस । पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारको मागबमोजिम दोस्रो पटक आफ्ना् स्पष्टीकरण पेस गर्नुभएको छ ।

सरकारले उहाँले अघिल्लो पटक बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सरकारले गत बिहीबार पुनः दोस्रो पटक उहाँसँग स्पष्टीकरण सोधेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेशकुमार थपलियाले कार्यकारी अधिकृत ज्ञवालीले स्पष्टीकरण पत्र बुझाएको जानकारी दिनुभयो । ज्ञवालीको स्पष्टीकरण पत्रमा विभिन्न निकायको समन्वय, अनुदान वितरण, पुनर्वासलगायत विषय समेटिएको बताइएको छ ।

सचिव थपलियाले स्पष्टीकरण पत्र आफूले बुझेर मुख्य सचिव डा सोमलाल सुवेदीलाई समेत बुझाइसकेको राससलाई बताउनुभयो । भूकम्पपछिको पुनःनिर्माणको काम चित्तबुझ्दो नभएको जनाउँदै सरकारले ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो । भूकम्पपीडित जनताले प्रभावकारी रुपमा राहत नपाएको, पुनःनिर्माणको कामले गति लिन नसकेको र प्राधिकरण भूकम्पपीडित जनतालाई सेवा दिनभन्दा पनि साना मसिना काममा मात्रै केन्द्रित भएको जस्ता आरोप लाग्दै आएको थियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org