ताजा समाचार

कार्टुनिस्ट वात्स्यायनलाई सम्मानित

 

पोखरा, २५ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कास्कीको २७औँ दिवसका अवसरमा वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल वात्स्यायन सम्मानित हुनुभएको छ ।

चित्रकलाको क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप उहाँलाई आज यहाँ आयोजित एक कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा चिरन्जीवीप्रसाद शर्माले दोसल्ला ओढाई सम्मान गर्नुभएको हो ।

कार्यक्रममा २०७२ सालको प्रवेशिका परीक्षामा प्याब्सन कास्कीमा आबद्ध विद्यालयमध्ये सर्वोत्कृष्ट अङ्क ल्याउने पोखरा पब्लिक स्कुल चाउथेका सन्देश शर्मा र शिशु निकेतनकी प्रतिभा बराललाई पाँच हजार नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

सोही अवसरमा प्याब्सन कास्कीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शिशु वार्डमा तीन लाख ५० हजार मूल्य बराबरको सामग्री अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त वार्डको रङ्गरोगन तथा मर्मतसम्भारका साथै प्रत्येक श्ययालाई दुई–दुई थान तन्ना, सिरानी र कम्बल प्रदान गरिएको अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org