ताजा समाचार

बिग बोस छाड्न सक्छन् सलमानले

एजेन्सी ।  बलिउड अभिनेता सलमान खानले रियालिटी सो बिग बोस छाड्न सक्ने अनुमान गरिएको छ । भारतीय मिडियामा विभिन्न स्रोतको हवाला दिँदै सलमानले आफ्नो छवि बिग्रिएला भनेर यो निर्णय लिन सक्ने अनुमान गरिएको हो । एबिपी न्युजको समाचारलाई मान्ने हो भने सलमानले यो वर्ष पनि बिग बोस आफ्नो मननजिक भएकाले गरेकाले हुन् । तर, यही सिजनबाट उनलाई आफ्नो छविमा नकारात्मक असर परेको महसुस भएको एबिपीले दाबी गरेको छ । सलमानले एक्लै बिग बोस होस्ट गर्न थालेको यो लगातार चौथो सिजन हो । बिग बोसका पाँच सिजन त उनले अर्का अभिनेता सञ्जय दत्तसँग मिलेर होस्ट गरेका थिए । त्यसो त यसअघिको नवौँ सिजनपछि पनि सलमानले बिग बोस छाड्ने अनुमान गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org