ताजा समाचार

ओमपुरीले नेपालमा देह त्याग गर्न चाहेको खुलासा

 

एजेन्सी । ओम पुरीकी जनसम्पर्क अधिकारी स्मिता सिंहले ओम पुरी बारे नयाँ खुलासा गरेकी छिन् । उनका अनुसार ओम पुरीले मृत्युको एक हप्ता पहिलेदेखि नेपालमा आएर आफ्नो देह त्याग्ने बारे कुराकानी गरिरहेको एक भारतीय मिडियासँगकमो कुराकानीमा उनले जानकारी दिएकी छिन् ।

उनका अनुसार ओमपुरीले अज्ञातवश एकाएक लुम्बिनी जाने इच्छा व्यक्त गरेका थिए । उनले नेपालको लुम्बिनीमा आफ्नो प्राण त्याग गर्न चाहेको बताएका थिए ।

स्मिता भन्छिन्, ‘करिब एक हप्तादेखि मलाई ओम साहबले भनिरहेका थिए, ‘मलाई अज्ञातवासमा लुम्बिनी जानु छ जहाँ गौतम बुद्धको जन्म भएको थियो । म १५ दिनका लागि त्यहाँ जानेछु र कसैलाई पनि यसबारे जानकारी दिने छैन । म लुम्बिनीको गाउँमा बस्नेछु, मैनबत्ती र टर्चको सहाराले गुजारा गर्नेछु । म त्यही रुखमा बस्नेछु जहाँ गौतम बुद्ध बसेका थिए । म आफ्नो देह त्याग त्यही गर्नेछु ।’’

ओम पुरी राजनीतिमा जान चाहेको समेत उनले बताएकी छिन् । उनी भन्छिन्, ‘ओम साहबले ‘इन्सानियत’ नामको राजनीतिक पार्टी खोल्न चाहन्थे । पार्टीलाई आधार बनाएर उनले विभिन्न नियम बनाउनेसमेत बताएका थिए ।

यसका साथै उनी आफ्नो नकारात्मक छवीका कारण तनावमा रहेको समेत उनले बताएकी छिन् । स्मिताका अनुसार ओम नसीरउद्दीन शाहसँग अन्तिम दिनमा निकै रिसाएका थिए ।

ओमलाई उद्धृत गर्दै स्मिता भन्छिन्, ‘नसिर साहबले मलाई कहिले पनि बुझेनन् । उनी मेरा निकै पुराना साथी हुन् । पहिले उनले मलाई ओम पुरीको नामले बोलाउँथे भने अहिले ओम भन्छन् । चाहे फिल्मी क्षेत्रका मानिसहरु हुन् वा मिडिया उनीहरुले मेरो मृत्यु भएपछि मेरो आवश्यकता बुझ्नेछन् र मेरो बारेमा खोजी गर्नेछन् ।’

‘म एक दिन पूरा मिडियालाई प्रश्न गर्नेछु, आखिर मेरो लागि तपाईंहरु किन नराम्रो खबर मात्र छाप्नुहुन्छ रु मेरो राम्रो कुराहरु पनि छाप्नुहोस् । शहिदमाथि गरेको टिप्पणीमा मलाई निकै नराम्रो लागेको थियो ।’ ओमलाई उद्धृत गर्दै स्मिता भन्छिन्, ‘ प्रायश्चितका लागि म इटावामा शहिदको घर गएँ । १० लाख रुपैयाँको चेक दिएँ र माफी पनि मागें । यसमा किन कसैले कुरा उठाएन ? ’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org