ताजा समाचार

फिफा वर्ष खेलाडीमा मेसी,सुआरेज र नेइमार किन गएनन् ?

न्यु क्याम्प, २८ पुस । बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकले फिफा वर्ष खेलाडीको पुरस्कार समारोहमा क्लबका कुनै खेलाडी सहभागी नहुने निर्णय स्वयम बार्सिलोनाका खेलाडीले गरेको बताएका छन्।

स्विट्जरल्यान्डको ज्युरिचमा सोमबार आयोजित समारोहमा बार्सिलोनाका स्टार खेलाडी लिओनल मेसी, लुइस सुआरेज, नेइमार, गेरार्ड पिके र आन्द्रेस इनिस्टा मात्र होइन, कुनै खेलाडी सहभागी थिएनन्। यो निर्णय गर्न खेलाडीले नै आफूलाई उत्प्रेरित गरेको एनरिकले बताए।

यसपालि फिफा वर्ष खेलाडीको पुररस्कार रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले जितेका थिए। एनरिकले ज्युरिच जानुको सट्टा खेलाडीले विहिबार कोपा डेल रेअन्तर्गत एथलेटिक बिलबाओविरूद्धको खेलका लागि तयारीमा जुट्न महत्व दिएको बताए।

फिफा वर्ष खेलाडीको मनोनयनमा रोनाल्डोसँगै दावेदारको रुपमा मेसीको पनि नाम थियो। रोबर्टो कार्लोस र डानी आल्भेसजस्ता हस्तीले पुरस्कार समारोहमा बार्सिलोनाको प्रतिनिधि अनुपस्थिति भएकोमा आलोचना गरेका थिए।

‘पुरस्कार समारोहमा जाने वा नजाने निर्णय नितान्त व्यक्तिगत हो,’ एनरिकले भने–‘प्रशिक्षकको नाताले म उनीहरूको निर्णयलाई समर्थन मात्र गर्न सक्छु। हाम्रो लागि खेल महत्वपूर्ण हो।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org