ताजा समाचार

ह्वाइट हाउस छिर्नुअघि नै चर्चामा ट्रम्प पत्नी मेलानिया !

 

 

विश्वकै शक्ति राष्ट्र अमेरिकामा शुक्रबार नयाँ राष्ट्रपतिले सपथ लिदै छन् । आठ बर्षे कार्याकाल सकेर राष्ट्रपति बाराक ओबामा ह्वाइट हाउसबाट बाहिरिदै गर्दा डोनाल्ड ट्रम्प ४५ औ राष्ट्रपतिको रुपमा ह्वाइट हाउस प्रवेश गर्दैछन् । नोभेम्बर आठमा भएको चुनावको दसौँ हप्तापछि ट्रपले सपथ लिन लागेका हुन् । तर, विश्व समुदायमा चर्चा भने पहिलो महिला मेलानियाको भएको छ ।

७० बर्षीया अमेरिकन नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि जनवरी २० विषेश बन्दैछ । यही शुक्रबार अर्थात् जनवरी २० मा राष्ट्रपतिको रुपमा उनी ह्वाइट हाउस प्रवेश गर्दैछन् । तर, चर्चा यतिबेला प्रथम महिला मेलानिया त्यो दिन कुन रुपमा प्रस्तुत हुन्छिन् भन्ने बढी छ ।

सुरुदेखि नै स्टाइलिस्ट महिलाको रुपमा परिचित ४६ बर्षीया मेलानिया सबैको चासोको विषय बनेकी छिन् । ‘युएस विक्ली’ को अनुसार शुक्रबार कसरी प्रस्तुत हुने र कस्तो पहिरन लगाउने भन्ने विषयमा उनको पूरै टिम लागिपरेको छ ।

मेलानिया आफै फेसनमा निकै अगाडि भएको कारण आफू कसरी राम्री र बोल्ड देखिने भन्ने आइडीया भएकोले डिजाइनरलाई थप सजिलो हुन् उनको एउटा डिजाइनर निकोलले बताएकी छिन् ।

ह्वाइट हाउस गएपछी मेलानिया आफ्नो लागि आफैले ‘ग्ल्यामर’ डिजाइन गर्ने र पहिलाको ह्वाइट हाउसलाई नयाँ रुप दिने बताएकी छन् । युएस विक्लीको अनुसार, मेलानिया उत्कृष्ट लाइट मिलेको डिजाइन मन पराउँछिन् । कसरी आकर्षक देखिने कस्ता पहिरन र मेकअपका प्रयोग गर्ने भन्ने विषयमा दैनिक एक घन्टा पन्ध्र मिनेट अभ्यास गर्ने गरेको डिजाइनरहरुले बताएका छन् ।

मेलानियाका लागि ८३ बर्षीय कार्ल लगेरफेल्ड र ७७ बर्षीया राल्फ लरेनले डिजाइन गर्ने भएकाछन् । उनीहरुलाई मेलानियाको छानोट गरेकी हुन् । उनीहरुको डिजाइनले आफ्नो मन चोरेको उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org