ताजा समाचार

राष्ट्रिय जनमोर्चा पार्टी निकट विद्यार्थी संगठनको पूर्ण वैठक सम्पन्न

 

सुर्खेत १६ माघ । राष्ट्रिय जनमोर्चा पार्टी निकटअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को तेस्रो पूर्ण वैठक सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत आशन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनलाई मध्यनजर गर्दै शनिबार बैठक भएको हो ।

त्रिविले निर्वाचन कार्यतालिका सार्वजनिक गरे पछि भएको बैठकले अध्यक्ष विमल पोखरेलको संयोजकत्वमा ८ सदस्यिय उम्मेद्वार छनोट तथा मूल परिचालन समिति गठन गरेको छ । यस्तै, उपाध्यक्ष देवेन्द्र कुवँर संयोजकत्वम ५ सय १५ सदस्यिय मूल प्रचार–प्रसार समिति गठन भएको छ । यस्तै उक्त बैठकबाट चैत २० गतेदेखि ३० गतेसम्म हिमाली जिल्लाह?मा बाटो, विजुली, विद्यालय, खाद्यान्न र औषधीको ग्यारेण्टीको माग गर्दे आन्दोलन तथा अभियान गर्ने निणर्य भएको जारी बक्तव्यमा उल्लेख गरिएको छ । यसैगरी भेलाले सुवास जिसी र हस्तराज रेग्मीलाई सचिवालय सदस्यमा र लक्ष्मि बेलबासे, प्रतिभा आचार्य र दिलिप बुढाथोकीलाई केन्द्रीय बैकल्पिक सदस्यमा राखेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org