ताजा समाचार

प्रधानमन्त्रीद्वारा शहीदप्रति श्रद्धाञ्जलि

काठमाडौँ, माघ १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदसप्ताहको अन्तिम दिन आज लैनचौरमा रहेको शहीद स्मारकमा पुगी सहिदको शालिकमा फूलमाला अर्पण गर्दै शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ ।

सो श्रद्धाञ्जलि सभामा सभामुख ओनसरी घर्ती मगर, मन्त्रीहरू हितराज पाण्डे र रवीन्द्रराज जोशी, मुख्य सचिव डा सोमलाल सुवेदी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक र सरकारका कर्मचारीले पनि पुष्पगुच्छा अर्पण गर्दै शहीदको सम्झना गर्नुभएको थियो ।

सोही अवसरमा नेपाली सेनाले शहीदको सम्झनामा एक मिनेट सम्मान गारक अर्पण गरेको थियो ।

काठमाडौँ महानगरपालिकाको आयोजनामा शहीद सप्ताहको अन्तिमा दिन आज रत्नपार्क शान्तिवाटिकाबाट प्रभातफेरीको आयोजना गरी सहिद स्मारक लैनचौर पुगी मूल समारोहमा परिणत भएको थियो ।

विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाले ज्ञात–अज्ञात शहीदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्मलाई शहीद सप्ताहका रूपमा मनाउँदै आएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org