ताजा समाचार

राष्ट्रिय राप्रपाको क्षेत्रीय अधिवेशन सुरु

 

काठमाडौं २१ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको क्षेत्रीय परिषद् आज मुलुकभर एक साथ हुँदैछ । २ सय ४० निर्वाचन क्षेत्रमा हुन लागेको क्षेत्रिय परिषदले क्षेत्रिय कार्यसमिति सहित केन्द्रिय महाधिवेशनमा प्रतिनिधि छनोट गर्नेछ । एकीकृत राप्रपाको पहिलो महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा हुँदैछ । पार्टी एकिकरणपछि महाधिवेशन मार्फत नयाँ नेतृत्व चयनको तयारीमा रहेको राप्रपाले अन्य क्षेत्रको अधिवेशन प्रभावित नहोस भन्ने उद्देश्य सहित एक साथ क्षेत्रीय परिषद् गर्न लागेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । केन्द्रिय नेताहरुलाई समेत राप्रपाले आफ्नो क्षेत्र बाहेक अन्य क्षेत्रमा हुने परिषद्मा सहभागी नहुन निर्देशन दिएको छ । सम्बन्धित क्षेत्रबाटै चुनिएर आउनुपर्ने बाध्यात्मक व्यवस्थाका बीच अध्यक्ष कमल थापा, मकवानपुर, राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनी नुवाकोट र बरिष्ठ नेता पशुपतिशमसेर राणा सिन्धुपाल्चोकबाट प्रतिनिधि चुनिएर आउने छन् । क्षेत्रिय महाधिवेशनमार्फत ९ जना प्रतिनिधि केन्द्रिय महाधिवेशनका लागि चुनिनेछन् । पार्टी एकिकरणपछि वडा, गाउँ र नगर अधिवेशन सम्पन्न गरेको राप्रपाले आगामी २५ गते ७५ वटै जिल्लामा एकसाथ अधिवेशन गर्दैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org