ताजा समाचार

कविता : गुलाफको चित्कार

तिम्रो खुसीको निम्ति
तिम्रो प्रेमिकाको निम्ति
तिम्रो प्रेमीको निम्ति
तिम्रो त्यो अधरमा मुस्कान भर्न
मेरो अधरको मुस्कान नखोस ।

रात्तामै फूलेर
संसार भरी
सुवास छर्ने
सपना मेरो
पूरा गर्न देऊ ।

गाँस्न देऊ मलाई पनि पिरती
जन्माउन देऊ मलाई सन्तान
मलाई पनि रातम्मै बनेर
मेरो सँसार सजाउन मन छ ।

नभत्काईदेउ मेरो घर
नमारी देउ मेरो चौकिदार
बरु म तिमीलाई मिठो सुवास दिउला
तिमीलाई स्वर्गीय आनन्द दिउला
बिन्ती मेरो हत्या नगर
म पनि तिमी जस्तै सजिव हुँ ।

यो प्रणय दिवस हो भन्दै
कुन जुनीको सजाय दिदै छौ ?
के कारणले यस्तो गरेऊ
हो मलाई प्रेमको प्रतिक मान्यौ
ठिक छ
तर,
खै मेरो सुरक्षा गर्न जानेको ?
खै मेरो सौन्दर्यमा रमाउन जानेको ?
किन मलाई यो पवनसँग रमाउदै,
हावाको मिठो संगितमा,
छमछम नाच्न दिदैनौ ?


त्यो प्रकाशलाई निस्वार्थ रुपमा
चुम्बन गरेर
त्यो घामसँग
त्यो जूनसँग
त्यो प्रकृतिसँग
सच्चा पिरती गास्न दिदैनौ ?
मलाई पनि तिमीलाई जस्तै
परती गाँस्न मन लाग्छ ।
तिमीले कहिल्यै मेरो भावना बुझ्यौ ?
अँह, बुझेनौ ।
तिमी बुझ्न सक्दैनौ
तिमीमा मेरो भावना बुझ्न सक्ने क्षमता छैन
र,
कहिले पनि हुने छैन
तिमी त बोल्न सक्छौ र तिमी महान छौ
तर,
म बोल्न सक्दिन
तिमीले मेरो यहि फाईदा उठायौ ।

 

पहिले मेरो बलात्कार गर्छौ।
अनी मेरो हत्या गर्छौ ।
तिमीले कहिले पनि सुनेनौ मेरो चीत्कार
कहिले पनि देखेनौ मेरो आँसु
तिमीमा अलिकती पनि मानवता पलाएन ?
अलिकति पनि दया लागेन ?
मलाई बिना कसुर निमोठेर
नवैलुनजेल हातमा सजाउछौ ।
बोलेपछि जमिनमा मिल्काएर ती बलिया
पाँउहरु म माथि राख्दै
मेरो दाहसंस्कार गर्छौ ।

 

तिमी कहिले आफूलाई महान नसम्झ
मेरो हत्या गरेर,
तिमीलाई मेरो आँसुले बाटो दिनेछैन
कसैको हत्या गरेर,
गाँसेको सम्बन्ध कहिल्यै राम्रो हुन्न ।

तिम्रो प्रेमीलाई खुसी बनाउन
तिम्रो प्रेमीकालाई खुसी बनाउन
मेरो निर्मम हत्या गरेका छौ ।
तिम्रो पिरती कहिले सफल हुदैन ।
कहिले हुँदा पनि नहोस्,
पिरती गाँस्ने बहनामा मेरो
हत्या गरेका छौं ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org