ताजा समाचार

पैसाका लागि यी अभिनेत्रीको यस्तो हर्कत !

 

एजेन्सी । अभिनेत्री तथा मोडल सर्लिन चोपडा विवादमा आइरहन्छिन् । चर्चामा छाउनका लागि उनीसँग अनेक आइडिया छन् । त्यसकारण उनलाई बलिउडमा ‘कन्ट्रोभर्सी क्विन’ पनि भन्ने गरिएको छ ।

३३ वर्षीया सर्लिनले सन् २०१२ को अगस्तमा पहिला आफूले पैसाका लागि थुप्रै जनासँग यौनसम्र्पक गरेको खुलासा गरेकी थिइन् । त्यतिवेला पैसाका लागि आफूले यौन व्यवसाय नै गरेको खुलेआम बताएपछि उनको निकै आलोचना भएको थियो । उनले ट्विट गरेर आफूले विगतमा पैसाका लागि धेरै अवसरमा थुप्रै पुरुषसँग यौनसम्र्पक राखेको उल्लेख गरेकी थिइन् ।

उनले सन् २०१४ मा प्लेब्वाइ म्यागाजिन कभरका लागि नग्न फोटो सेसन गरेकी थिइन् । आफू बोल्ड बन्नका लागि त्यसो गरेको र नग्न भएर आफूले देशको सेवा गरेको दाबीसमेत उनले गरेकी थिइन् । केही समय चर्चा र आलोचनामा रहेकी सर्लिन अचेल भने चुपचाप छिन् । उनले केही नयाँ धमाका गर्न लागेको अनुमान भारतीय मिडियाको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org