ताजा समाचार

राजनीतिक चरित्र र विकासको गति परिवर्तन गर्न राजनीतिमा: मिश्र

२२ वर्षदेखि बीबीसी नेपाली सेवामा सकृय रहेका पत्रकार रविन्द्र मिश्रले बीबीसीबाट राजिनामा दिएका छन् । र, अब नयाँ पार्टी खोलेर सकृय राजनीति गर्ने घोषणा समेत गरिसकेका छन् । उनले पत्रकारिता छोडेर किन राजनीति रोजे ? २० वर्षे पत्रकारिताको अनुभव कस्तो रह्यो ? यसै सन्दर्भमा रविन्द्र मिश्रसँग गरिएको कुराकानीः

_____________________________________________________________
पत्रकारिताको अनुभव कस्तो रह्यो ?

कार्यालय मन्दिर जस्तो लाग्यो । कार्यालय आउँदा बिसन्चो भएको बेला पनि खुशी महसुस गरें । कतिपय अवस्थामा विरामी भएको मान्छे कार्यालर्य आएर निको पनि भएको छु । तर मनले रुचाएको पेशा र राम्रो सुविधा त्यागेर नीलो पानीको डुंगाबाट फोहोर भनिएको अथवा बनाइएको पानीको पोखरीमा हाम फाल्न जाँदा अलिकति भय पनि छ ।

२२ वर्षअघि लण्डनको कर्याालयमा जाँदा को अनुभव ?

त्यति बेला मैले पाकिस्तानमा पढिरहेको थिए । पढाई पछि साथीभाईको सल्लाह विपरित म बेलायत जाने निर्णयमा थिए । तर त्यति नै बेला मलाई पाकिस्तानको निर्वाचनका बारेमा रिपोटिङ गर्न भनेर अवसर दिइयो । त्यो अवसरबाट म निक्कै प्रभावित भए । मलाई जाँच लिएर पास भएमा ६ महिनाका लागि बेलायत आउने हो भनेर सोधिएको थियो । त्यो अवसरबाट म निक्कै हर्षित भएको थिए ।

२२ वर्ष बीबीसीमा काम गर्दा कस्ता अनुभूतिहरु संगाल्नुभयो ?

मलाई कहिल्यै दिक्क लागेन । सधै उर्जा मिलिरह्यो । सधै सिर्जनात्मक भइरहें । केही कमजोरी भए होलान । तर, समग्रमा यति खुसीका साथ विदा लिएँ ।

तपाईंले बीबीसीमा काम गरिरहेका बेला नेपालमा द्वन्द्वको शुरुवात भयो । दरवार हत्याकाण्ड भयो । अरु थुप्रै राजनीतिक उथलपुथल भए । त्यसबेला लण्डनमा बसेर समाचारमा काम गर्दा कस्तो लाग्यो ?

लण्डनमा बसेर काम गर्दा यहाँको जस्तो थिएन । नेपालबाट केदारमान सिंहले हातले लेखेर अंग्रेजीमा समाचार पठाउथे । त्यसपछि सुशील शर्मा आएपछि अर्को रुप दियो । ४ जनाको टिम र नेपालमा एक जना थिए । त्यो बेला जे सकिन्थ्यो त्यही गर्यौं । पछि अरु धेरै साथीहरु जोडिए । बीबीसीको शक्ति बढ्यो । र, अहिले श्रोता संख्या ६० लाख पुगेको छ ।

सन २००६ मा नेपाली सेवाको सम्पादक भएपछि नेपालमै कार्यालय स्थापना गर्ने काम किन गरियो ?

नेपालमा लोकतन्त्र आइसकेपछि नेपालको पत्रकारिताको राम्रो विकास भयो । राम्रा पत्रकार जन्मे । अव काठमाडौंका गल्लीका कथा लण्डनको गल्लीबाट होइन काठमाडौंबाटै भन्नु पर्छ भनेर यहाँ स्थापना गरियो ।

यहाँ बसेर नेतृत्व सम्हाल्दा कस्तो रह्यो ?

व्यवस्थापकीय र संयोजकनकारी भूमिका खेल्नु पर्थ्यो । सायद सफल नै भए हुँला ।

नेपाल लण्डनभन्दा के फरक रह्यो ?

धुलोधुँवा छ । त्योसँंगै राजनीति फोहोर छ । अनियमितता र भ्रष्टाचार छ ।

कहिल्यै कसैको दवावमा समाचार सम्प्रेषण गर्नु भयो ?

बीबीसी भित्र पटक्कै परेन । दवाव पनि कहिल्यै आएन । कहिल्यै महसुस गर्नु परेन । बाहिरबाट चाँही कसैले हामीलाई ठाउँ दिन पर्यो भने । मेरो कुरा गर्दिएन भनेर केही रिसाए पनि ।

पत्रकारितामा लागेर निरास हुदै गएकाहरुलाई तपाईको सुझाव ?

निरास हुँदै नहुनुस् । संसारको नियम नै हो १२ घण्टा उज्यालो १२ घण्टा अध्यारो हुन्छ । निरासाको विचमा आफूलाई धैर्य राख्यो भने त्यही सफल हुन्छ ।

अन्तर्वार्ता लिँदाका केही रोचक अनुभव सुनाइदिनुस् न ?

त्यस्ता रोचक अनुभव धेरै छन् । मान्छेको स्वभाव अनुसार पहिले नरम र पछि कडा प्रश्न गर्नु पर्छ । भुतपूर्व प्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइरालासँग अन्तर्वाता गर्दा विस्तारै कडा प्रश्न गर्दै गए र उहाँले अव पुग्यो पुग्यो भन्नुभयो । अनि ढ्याप्प फोन राखिदिनुभयो । फोन राखेपछि मैले यो प्रश्न सोध्न खोजेको थिए तर उहाँले फोन राखिदिनुभयो भनेर भने ।

त्यस्तै डा.तुलसी गिरीसँगको अन्तर्वाता पनि मेरो मनमै बसेको छ । ज्ञानेन्द्रको शासनकालको बेला थियो । हजारौंको अन्तर्वाता लिए । तर उनी जस्तो अन्तवार्ता दिन जान्ने राजनीतिक अहिलेसम्म मैले देखेको छैन । अन्तर्वाताकारलाई तर्क र बोलीले आच्छुआच्छु पार्छन । उस्तैलाई त नर्भस नै बनाइदिन्छन् ।

मनपरेको सामाजिक विषयको अन्तर्वार्ता ?

हेटौडामा आश्रम चलाउने रामजि अधिकारी । त्यो अन्तर्वाता पछि उहाँले पाएको सहयोग मैले विर्सन्न । भाटभटेनीका अर्वपति व्यवशायी मिनबहादुर गुरुङ अन्तर्वाताका लागि स्टुडियोमा आउनुभयो । आउन नपाउँदै आशु झारेर रुनुभयो । माइक्रोफोनले क्याच पनि गरेन । त्यो सन्देश श्रोतालाई पु¥याउन मेरो जिम्मेवारी थियो । मैले टेक्निसियनलाई फेडर अन गर्न भने । उनको आँसुलाई शब्दमा व्यक्त गरें ।

भूमिगत रहेकै अवस्थामा प्रचण्डको पहिलो अन्तर्वाता कसरी सम्भव भयो ?

उहाँहरुले इमेल गरिरहनुहुन्थ्यो । बीबीसीलाई प्रयोग गर्न चाहनुहुन्थ्यो । माओवादी भूमिगत हुँदा पहिलो अन्तर्वाता चाँही दिनानाथ शर्माको गरेको थिए । र, प्रचण्डको अन्तर्वाता गर्ने भनेर मैले खवर पठाए । २५ वर्षमा पहिलो अन्तर्वाता भनेर सहमति जनाए अनि मैले गरे ।

ज्ञानेन्द्रको अन्तर्वाता किन गर्न सक्नुभएन ?

धेरैले मलाई यो प्रश्न गरे । राजा हुँदा नै मैले उनलाई दुई पटक भेटें । अन्तर्वाता दिन्छु भनेकै थिए । तर, वाचा पुरा गरेनन् ।

रविन्द्र मिश्रले राजनीति गरेपछि नेपाली पत्रकारिताले एउटा राम्रो मान्छे गुमाउँछ नि ! दुबै एकै पटक गरे सम्भव हुन्न ?

अनि रविन्द्र मिश्रले पत्रकारितबाट राम्रो व्यक्ति गुमाएर राजनीतिमा एउटा राम्रो मान्छे पाए तपाई खुसी हुनुहन्छ ? पत्रकारिता र राजनीतिज्ञ दुबै एकै पटक सम्भव हुँदैन । राजनीतिको झोला बोकेर न्यूज रुपमा छिर्दा समस्या हुन्छ ?

नेतालाई प्रश्न सोध्दा तपाई प्रधानमन्त्री हुन राजनीति गरेको हो ? भनेर सोध्नु हुन्थ्यो । अब तपाईले पनि प्रधानमन्त्री हुन राजनीति गर्न लाग्या हो ?

तपाईले मैले जस्तै कडा प्रश्न ग¥या हो ? म राजनीतिमा प्रवेश गर्छु भनेको छु । तर, धेरै राजनीतिक कुरा अहिले गर्न चाहन्न । तर, यो देशको राजनीतिको चरित्र र विकासको गति परिवर्तन गर्ने भनेर गर्न लागेको हो । धेरै नेताले त्यही भने । तर, जुन इमान, पारदर्शिता र उत्कृष्टतालाई प्रदर्शन गर्नु पर्ने हो त्यो गर्न सकेनन् ।
हामी उत्कृष्टता, पद्धती, पारदशी र इमान्तदीताका चार खम्बा निर्माण गर्छौ । त्यो भावना बोकेका १० औं लाखले साथ दिन्छन् भन्ने आशा छ । दिएनन् भने त्यतिकै बसेर गाली मात्र गरेका रहेछौं । अन्यथा फोरी तिमीहरुका छोरानातीका लागि यही धुलो, धुवा सहेर छोरा नाती हुर्काउनुस् भन्नु पर्ने हुन्छ ।

प्रायः सबैलाई नकारात्मक प्रश्न सोधेर घाँटी अठ्याउन माहिर रविन्द मिश्रले समाज सेवाको नाममा इमोस्नल ब्ल्यामेल गरेर जम्मा गरेको करोडौं रुपैयाँ के कस्तो अवस्थामा कहाँ छ ? के अरुको पैसाले पाँच सातवटा स्कुल बनाउँदैमा तपाईको राजनीति सफल हुन्छ भनेर हामीले विश्वास गर्ने ? के छ आधार ?

यो प्रश्न पनि अलि कडा छ । इमोस्नल ब्ल्याकमेल अलि प्रयोग गर्न हुन्न होला । किनभने समाजसेवी काम गर्ने भनेको पैसा संकलन गरेरै हो । हामीले पनि त्यही ग¥यौं । हामीले अरुबाट ल्याएनौं । मैले पनि मेरो कितावको रोयल्टी अरुलाई नै दिन्छु । त्यसैले इमोस्नल ब्ल्यकमेल होइन ।

हामीले ४० वटा पुस्तकालय, ४० वटा कक्षा कोठा, धुलिखेलमा बाल आश्रय चलाएका छौं, र अरु धेरै सहयोग गरेका छौं । मैले पैसा हिनामिना गरेको जस्तो लाग्छ भने हेल्प नेपालको वेभसाइटमा गएर अडिट रिपोर्ट हेर्न सक्नुहुन्छ ।

राजनीति गर्ने बुढो भएपछि मात्र हो ? उमेर हुँदासम्म जागिर खानुभयो । अहिले उमेर ढल्किदै गयो, कपाल फुल्यो, जागिरबाट अवकास लिने बेला मात्र राजनीति ? के राजनीति टाइम पास गर्ने खेल हो ?

मेरो सेतो कपाल रंगाएको पनि हुन सक्छ । म ५१ वर्षको भए । ५१ वर्षकोलाई बुढो भन्न मिल्दैन ।

पत्रकार भएर पार्टीमा लाग्नु कत्तिको जायज ?

नेपालको सबै समाज र मनोविज्ञानले राजनीतिलाई अपहरण गरेको छ । जहाँ सुकै पनि राजनीति देखिन्छ । सरकारी कार्यालयमा जाँदा ७ वटा युनियनका बोर्ड हुन्छन् । त्यो संस्थाले सकारात्मक काम गर्न सक्छ ? पत्रकारितामा पनि त्यसको प्रभाव परेको छ । त्यसैले सुद्धिकरण गर्नुपर्छ । त्यो सकिन्छ ।

अहिले नै राजनीतिमा किन हाम फाल्नु भयो ?

लामोसमयदेखि उम्लिइरहेको पानी छचल्किएको हो । गर्नुपर्छ भनेर तर्क गर्न थालेको धेरै भयो । अहिले पनि गर्न सकिएन भने पछि त के हो के भन्ने भयो । त्यसैले म सँग भएका गज्जवका, प्रतिवद्ध भएका साथी भएकाले अहिले नै निर्णय गरियो ।

मानसिक र भौतिक रुपमा राजनीतिको तयारी कत्तिको छ ?

मलाई धेरैले ¥याख¥याख्ती पार्छन । असिन पसिन बनाउँछन् । म पनि त्यो सामना गर्न तयार छु ।

 

 

 

बीबीसी नेपाली सेवाको फेसबुक लाईभबाट

 

 

यो पनि,

रविन्द्र मिश्रको पार्टीको नाम ‘साझा पार्टी’, चुनाव चिन्ह ‘तराजु’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.