लोडसेडिङका मतियारहरु मौलाए: सिन्धुपाल्चोकमा एमालेले ढाल्यो विद्युत्को पोल
काठमाडौं । ऊर्जा मन्त्री जनार्दन शर्मा र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको नेतृत्वमा लोडसेडिङ हट्न थालेपछि अत्तालिएका विद्युत चोर र माफियाले अब बिजुलीको पोल ढाल्नेदेखि ट्रान्समिटर बिगार्नेसम्मका हर्कत गर्न थालेका छन् । सिन्धुपाल्चोकको खाडीचौरमा ढलेको पोल र बानेश्वरमा बिग्रिएको भनिएको ट्रान्समिटरका विषयमा नेपाल विद्युत प्राधिकरणले छानविन गर्ने भएको छ । खाडीचौरमा एमालेको युवा संघका इन्चार्ज समेत रहेका शेरबहादुर तामाङको नेतृत्वमा रहेको गुण्डाटोलीले प्राधिकरणको प्रसारण लाइन ढालेको पत्ता लागेको छ । लोडसेडिङ घटेपछि एमालेको व्यापार कम भएको, कसिमन आउन छाडेको तथा कमाइ धन्दा सूक्न थालेपछि संस्थागत रुपमा नै विद्युत्को टावर ढाल्ने, पोल बिगार्ने, ट्रान्समिटर बिगार्न लागिपरेको पत्ता लागेको छ । प्राधिकरणले सुरक्षा पर्खाल लगाएको, बालुवा एवम् कंक्रिडको पर्खाल लगाएको प्रसारण लाइन नै ढाल्नुको पछाडि एमाले संस्थागत रुपमा विद्युत्को पोल ढालेर अध्यारोको व्यापार गर्न चाहन्छ भन्ने स्थापित भएको छ ।
गत फागुन ६ गते राति सुनकोशीबाट भक्तपुर आउने ६६ केभी प्रसारण लाइनअन्तरगत खाडीचौर अँधेरी खण्डमा पर्ने ६ नम्बर खम्बा ढल्यो । सो खम्बा ढल्नुभन्दा अघि त्यहाँको टावर जोखिममा परेका कारण खम्बाको जगमा जाली राखेर मर्मत गरिएको थियो ।
फागुन ६ गते राति खम्बाको जगमा जाली राखेर कामदारहरु घरतर्फ लागे । तर, कामदारहरु घर फर्किएपछि मध्यरातमा शंकास्पद रुपमा टावर ढल्यो । यो टावर नढलेको भए ७ गते मर्मतको काम सकिने थियो ।
प्राधिकरणका प्राविधिकहरुले सो खम्बा प्राकृतिक रुपमा नभई नियतवस जग फोडेर ढालिएको निश्कर्ष निकालेका छन् । सो समयमा कुनै हवाहुरी नआएको र अन्य कुनै प्राविधिक कारणसमेत नदेखिँदा प्राधिकरणलाई संशयमा पारेको हो । यसबारे प्राधिकरणका अधिकारीहरुले आन्तरिक रुपमा अनुसन्धान अधि बढाएको बताइन्छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले गरेको अनुसन्धानमा एमाले नेता शेरबहादुर तामाङको नेतृत्वमा रहेको गुण्डाटोलीले टावर तोडफोड गरेको पाइएको छ । अध्यारोको व्यापार सुकेपछि खड्ग ओलीले देशभरका प्रसारण लाइन तोडफोड गर्न गुण्डाहरु परिचालन गरेको बुझिएको छ । जिल्ल प्रहरी सिन्धुपाल्चोकले शेरबहादुर तामाङको नाम लिनुले पनि एमाले संस्थागत रुपमा नै टावर ढाल्न लागिपरेको आशंकामा थप बल पुगेको हो ।
नियतवस फेरि यस्तै अर्को घटना यही मंगलबार बिहानै भएको छ । ललिपपुरको इमाडोल १ मा फिडर केबल विनाकारण पड्किएको छ । गत कात्तिकमा पनि यस्तै शंकास्पद घटना भएको थियो ।
विद्युत प्राधिकरणले यो घटना कसरी भएको भनेर खोजी गर्दैछ । अहिले कतै कुनै प्राविधिक समस्या थियो कि थिएन भनेर पेट्रोलिङ भइरहेको प्राधिकरणले जनाएको छ । अहिलेसम्म कुनै त्यस्तो प्राविधिक कारण प्राविधिकहरुले फेला पारेका छैनन्, जसका कारण यति ठूलो फिडर केबल जलोस् । प्राधिकरणका कार्यरत एमाले निकटका कर्मचारी यूनियनका अध्यक्ष रामेश्वर पौडेल, पूर्व अध्यक्ष रामप्रसाद रिमालले पैसा नै दिएर केही कर्मचारीलाई प्राविधिक उपकरण बिगार्न र लोडसेडिङ गराउन आपराधिक टोली परिचालन गरेको पत्ता लागेको छ । बानेश्वरमा केही समय पहिले मुसाले तार काटेको भनिएको थियो । पछि अध्ययनबाट के पत्ता लाग्यो भने जानाजान एमाले निकटका कर्मचारीले बानेश्वरमा केवल काटेको र ट्रान्समिटर बिगारेको पाइएको थियो । यस्तै लैनचौरमा बिरालोले केवल बिगा¥यो, ट्रान्समिटर बिगा¥यो भनियो, तर त्यहाँ पनि एमाले निकटका कर्मचारीले बिगारेको फेला परेको छ । पछिल्ला दिनमा जाना जानकन विद्युत्को प्रसारण लाइन बिगारिएको छ । कही भाटाले हानेर केवल चुडाइएको छ भने कहि ट्रान्सफर्मर बगिारिएको छ ।
मंगलबार बिहानको यो घटनाले बानेश्वर सव स्टेशनका २ वटा १८ एमभीए क्षमताका ट्रान्सर्फमर बन्द भएका छन् । र, यो ट्रान्सर्फमरबाट वितरण गरिने ३६ एमभीए बराबरको बिजुलीको आपूर्ति बन्द भएको छ । जसले गर्दा बानेश्वर एरियामा लोडसेडिङ भएको थियो ।
इमाडोलको फिडर जलेको घटना शंकास्पद देखिएको प्राधिकरणका अधिकारीहरु बताउँछन् । विशेष गरी काठमाडौंमा लोडसेडिङ अन्त्यको घोषणा भएपछि लगातार यस किसिमका घटना भइरहेका छन् । विभिन्न समयमा विना प्राविधिक कारण प्रणालीमा समस्या ल्याउने प्रयत्न भइरहेको देखिएको छ ।
यसबारे जिज्ञासा राख्दा प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले प्राविधिक रुपमा वितरण प्रणाली चुस्त भएकै समयमा ठूला किसिमका घटना दोहोरिनुले केही संशय पैदा भएको बताउँछन् । ‘विद्युत प्रणालीमा कहिलेकाँही प्राविधिक समस्या त आउने नै गर्छन्, तर यस्ता घटनाहरु बारम्बार आइरहनुले हाम्रो विद्युतीय संरचनाहरुको सुरक्षाप्रति गम्भीर चासो र संशय उत्पन्न गराएको छ’ अधिकारीले भने, ‘किन यस्ता घटना दोहोरिइरहेका छन् भनेर अब सुक्ष्म निगरानी गर्नुपर्ने अवस्था देखिएको छ ।’
विद्युत वितरण प्रणालीलाई चुस्त राख्न प्राधिकरणले पछिल्लो समयमा विभिन्न प्रयत्न गरिरहेको छ । तर, प्राधिकरणको वर्तमान काम गराईसँग असन्तुष्ट भएकाहरुले यस किसिमको घटना गराइरहेको आशंका गरिएको छ ।
काठमाडौंमा यो वर्ष लोडसेडिङ नहुने पक्का भइसकेको छ । बिजुलीको चरम अभाव हुने फागुनको मध्य अवधिलाई प्राधिकरणले पार लगाइसकेकको छ । अब हिउँ पग्लिएर नदीहरुमा पानीको बहाव बढ्ने भएकाले उत्पादन बिस्तारै बढ्दै जाने अवस्था छ ।
यही कारण जसरी पनि प्राधिकरणको वर्तमान नेतृत्वसहित उनको टीमलाई असफल पार्न प्रणालीलाई बिगार्ने गरी विभिन्न बदमासीहरु भइरहेका छन् । यसलाई अब बेलैमा छानविनमार्फत नियन्त्रण नगरे षडयन्त्रकै माध्यमबाट काठमाडौंलाई फेरि अन्धकारमा पुर्याउने अदृश्य शक्ति सफल हुने निश्कर्ष प्राधिकरणकै प्राविधिकहरुले पनि निकालेका छन् ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी विद्युत प्रणाली निकै संवेशदनशील हुने भएकाले सानो बदमासी गर्दा पनि त्यसको असर ठूलो पर्ने बताउँछन् । पछिल्ला समयमा लगातार विभिन्न मानवीय बदमासीले उत्पन्न समस्या बढ्दै जाँदा सबै पक्ष यसमा चनाखो हुनुपर्ने अवस्था आएको बताउँछन् ।
#जन आह्वान साप्ताहिकमा खबर छ ।
Comments
अरु समाचार
-
झापामा दुर्घटनाबाट दुई जनाको मृत्यु
काठमाडौं । झापाको कनकाई र भद्रपुुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति कनकाई–३ सुरुङ्गा पुलस्थितमा बिर्तामोडबाट...
-
भलिबल टोली बङ्गलादेश प्रस्थान
काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ...
-
कम्युनिस्ट आन्दोलनमा लागेका विद्यार्थीले मनमोहनको सादगीपूर्ण जीवनीबारे बुझ्नुपर्छ: ईश्वर पोखरेल
काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्न आवश्यक रहेको बताएका छन्...
-
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै
काठमाडौं । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित रु ३६ करोड २४ लाख...
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको...
-
अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त नभएको बताएकी छन् । बिहीबार ललितपुरमा...
-
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार हुन्: विष्णु पौडेल
काठमाडाैँ । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह...
-
अर्थमन्त्रीले पुनले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरू...
-
उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने
काठमाडौं । यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगको कार्यतालिमा गएराति...