ताजा समाचार

देशभक्त युवा समाज कुनै शर्तमा राजनीतिक दल बन्दैन: अध्यक्ष ढुंगाना

नेपाली देशभक्त युवा समाज पछिल्लो समय सामाजिक कामका कारण चर्चामा छ । यसले राजधानीको मुटु मानिने माईतीघर मण्डलामा नेपालकै ठूलो राष्ट्रिय झण्डा फहरायो । देश र जनताका लागि विशुद्ध सामाजिक धारणाले काम गर्ने भन्दै झण्डै ८ हजार युवा यो संस्थामा आवद्ध भइसकेका छन् । अध्ययन र अनुसन्धानको क्षेत्रमा पनि सामाजिक भावनाले क्रियाकलाप गर्दै आएको यो संस्थाका अध्यक्ष नारायणप्रसाद ढुंगानासँग न्युज–नेपाल अनलाइनका लागि रमेश दवाडीले गरेको कुराकानीको सम्पादित अंश :

 

नेपाली देशभक्त युवा समाजको अवधारणा कहाँबाट आयो ?
म भारतमा अध्ययको क्रममा रहँदा त्यहाँ विविध कार्यक्रमहरु हुन्थे । नेपालीहरुले पनि सहभागिता जनाउँथे । नेपालले विजय प्राप्त गर्दा खुसी हुन्थे । उनीहरुमा देशभक्ती भावना थियो । नेपालमा कुनै अप्रिय घटना भयो भने चिन्तित हुन्थे । आत्तिन्थे । भारतमा नेपालीहरुको यस्तो राष्ट्रभक्ति देखेपछि मेरो दिमागमा ‘देशभक्त’ भन्ने शब्द छि¥यो । नेपाललाई माया गर्नेहरुलाई एकतावद्ध गराएर त्यसमार्फत् राष्ट्रियताको पक्षमा काम गर्ने भनेर यसको अवधारणा आयो ।
यो कस्तो संस्था हो ?

यो एक गैरसरकारी संस्था हो । सामाजिक तथा मुनाफारहीत संस्था हो । यसले राष्ट्रहितका निम्ति काम गर्छ ।

राष्ट्रलाई कस्तो सहयोग पु¥याउँछ ?
राष्ट्रका मेरुदण्डका रुपमा युवाहरु छन् । तिनीहरुलाई समृद्ध बनाउने, तिनका विषयमा काम गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने काम गरेका छौं । यो समग्रमा व्यक्तिव्यक्तिलाई दक्ष र आत्मनिर्भर बनाउँदै जाने अभियान हो । त्यसैले यो राष्ट्रिय हितकै निम्ति हो ।

माईतीघर मण्डलामा नेपालकै सबैभन्दा ठूलो झण्डा फहराउनुको कारण के हो ?
हामीले नेपालका सबै स्थानमा हे¥यौं । नेपालकै सबैभन्दा ठूलो झण्डा कतै पनि देखेनौ । अनि हामीले झण्डा फहराउने निर्णय ग¥यौ । हामीले सहीद दिवसको अवसर पारेर झण्डा फहरायौ । झण्डा एकताको प्रतीक हो । झण्डा बचाउनका लागि सहीदहरुले ज्यानको आहुती दिए । सहीदलाई कुनै शोकमा लगेर पुत्ला बनाइयो । उनीहरुको गलामा माला लगाइयो । र, २/३ दिनमा सुकाइयो । अनि तिनका नाममा राजनीतिमात्र गरियो । त्यसैले सहीदको सम्मानका लागि हामीले झण्डा फहराएका हौं ।
माईतीघर मण्डला काठमाडौंकै मुटु हो । त्यहाँ आउने प्रत्येक व्यक्तिले झण्डा हेरुन् र सहीदले दिएको त्यागलाई स्मरण गरुन् । पर्यटकले पनि यो देशको राष्ट्रिय झण्डा यस्तो हुँदो रहेछ भनेर आफ्नो मानसपटलमा राखुन् भनेर पनि हामीले झण्डा फहराएका हौं ।


अब झण्डा देशका कुन–कुन ठाउँमा फहराउने योजना छ ?

२०७२ साल भदौ ७ गतेको कैलालीको टिकापुरमा भएको हिंसात्मक घटनापछि सामाजिक सद्भाव कायम गर्नुपर्छ भन्ने हेतुले ‘देशभक्त समारोह २०७३’ नाम दिएर हामीले ५ मिटर अग्लो झण्डा खड्कचोकमा फहरायौं । अहिले पनि त्यो झण्डा फहराई रहेको छ । सकभर नेपाल प्रवेशका मुख्यमुख्य नाका र शहरमा फहराउने योजना छ ।

ती स्थानमा झण्डाको आकार कत्रो हुन्छ ?

हामी मापदण्डलाई मुख्य स्थान दिन्छौ । झण्डा फहराउने स्थानको वातावरणीय अवस्थालाई हेरेर यहाँको भन्दा ठूलो पनि हुन सक्छ र सानो पनि हुन सक्छ । झण्डा सानो वा ठूलो फहराउने भन्दा पनि हिमाल, पडाड र तराई सबै भू–भागमा बस्ने नेपालीलाई एकताको सुत्रमा आवद्ध गराउनका लागि हो ।
हाल संस्थामा कति सदस्य छन् ?
७ हजार २ सय ४७ छन् । र, प्रत्यक्ष रुपमा जोडिएका सदस्य भन्दा पनि अप्रत्यक्ष रुपमा जोडिएका सदस्य हामीसँग धेरै छन् ।
संस्थामा कस्ता व्यक्ति आवद्ध हुन पाउँछन्, कुनै मापदण्ड छ ?
मापदण्ड छ । नेपाली नागरिक भएको हुनुपर्छ । नेपाली माटोलाई माया गर्ने, देशभक्ति भावना भएको, जुनसुकै जातजाति, भाषा, धर्म र संस्कृति भएका व्यक्ति संस्थाको सदस्य हुन सक्छन् ।

संस्थाको आर्थिक स्रोत के छ ?
संस्थाको आर्थिक स्रोत भनेकै संस्थाका सदस्य हुन् । संस्थाले कुनै पनि काम गर्नुपूर्व सदस्यलाई जानकारी गराउँछ । त्यस्ता कामको प्रकृति हेरेर स्व–ईच्छाले सहयोग गर्छन् । त्यसरी नै अहिलेसम्म विभिन्न कार्यक्रम गरिरहेका छौं । अन्य क्षेत्रबाट आर्थिक सहयोग लिएका छैनौं । कसैले स्व–ईच्छाले दिन्छन् भने लिन्छौ ।

संस्था गठन भएदेखि तपाईं नै अध्यक्ष हुनुहुन्छ । कसरी नेतृत्व गरिहरनु भएको छ ?
हामीसँग राम्रो टिम छ । त्यो टिमलाई अगाडि बढाउने क्रममा मैले नेतृत्व लिएको छु । मैले नेतृत्व लिनुको कारण मलाई सामाजिक सेवा गर्न मन लाग्यो । देशमा केही सीमित मान्छेले रोजगार पाउँदैमा समाज परिवर्तन हुने होइन । समग्रमा धेरै व्यक्तिलाई साथमा लिुनुपर्छ भन्ने सोच राखेर म अध्यक्षको रुपमा कार्यरत छु ।

नेतृत्व हस्तान्तरण गर्ने ईच्छा छैन ?

अब, नेतृत्वमा म भन्दा कुशल, क्षमतावान र राष्ट्रलाई सच्चा दिलले माया गर्ने कुनै नेपाली आउन चाहनुहुन्छ भने नेतृत्व हस्तान्तरण गर्न तयार छु ।

संस्थाले गरेका अहिलेसम्मका काम के–के हुन् ?

कैलालीमा एक हजार तीन सय भन्दा बढी विरुवा रोपेका छौं । ती बिरुवाको नियमित अनुगमन र स्याहारसम्हार पनि गरिरहेका छांै । त्यस्तै रक्तदान, सरसफाई, हाजिरी जवाफ, र साहित्यिक कार्यक्रम पनि गरिरहेका छौं । झण्डा फहराउने काम त भइहाल्यो । विद्यालयलाई सहयोग पनि गरेका छौं । देशलाई माया गर्ने, नेपाललाई अन्तर्राष्ट्रिस्तरमा चिनाउने खेलाडीलगायतका व्यक्तित्वलाई सम्मान गरेका छौं । संस्थाले तोरीबालीको अनुसन्धा गरेको छ । यो अनुसन्धानमार्फत् एक हजार युवालाई रोजगारी दिने योजना छ । यतिखेर हामी यही योजनामा लागेका छौं ।
माईतीघर मण्डलामा झण्डा फहराउने कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बोलाउनु भयो, अरुलाई बोलाएको भए पनि हुन्थ्यो नि ?

पूर्व प्रधानमन्त्री केपी ओली ज्यूले राष्ट्रियताको सवालमा जुन अभिव्यक्ति दिँदै आउनु भएको छ, त्यो अभिव्यक्तिप्रति सन्तुष्टी जनाएर संस्थाका अत्याधिक सदस्यले उहाँलाई नै बोलाउनुपर्छ भन्ने धारणा राख्नुभयो । अनि उहाँलाई बोलायौं ।
केपी ओलीले कार्यक्रम उद्घाटन गरेपछि केही मान्छेहरुले चलचित्र ‘रातो सूर्य’ को छायाँङ्कनका लागि हो भने नि ?
मलाई चलचित्रसँग सम्बन्धीत व्यक्ति पुरन गिरीले झण्डा फहराउनु अघिल्लो दिन फोन गर्नुभयो । हामीले झण्डा फहराउने कार्यक्रम सुनिसकेपछि उहाँहरुले त्यसको भिडियो खिच्च चाहनुभएको हो । उहाँहरुले चलचित्रको लागि ओलीले गर्नुभएको पछिलला कामहरु खिच्दै आउनु भएको रहेछ । हाम्रो त्यस कार्यक्रमको खिच्ने अनुमति माग्नु भएको थियो । तर, हामीले संस्थाको साख नगिर्ने गरी भिडियो खिच्न अनुमति दियौं । तर, चलचित्रकै लागि झण्डा फहराईएको समाचार सत्य होइन । त्यो संयोगमात्रै हो । केही मिडियाले ‘रातो सूर्य’ को लागि हो भनेर समाचार लेखे पनि । ती गलत समाचार हुन् ।

अब प्रसंग बदलौं, हालका शीर्ष पार्टीको विकल्प भन्दै नयाँ पार्टी गठन भइरहेका छन्,देशभक्त युवा समाज पनि आफ्नो पक्षमा जनमत बनेपछि राजनीतिक दल बन्ने त होइन ?
समय र परिस्थितिले प्रत्येक कुरालाई निर्धारण गर्छ । अहिले मुलुकलाई नयाँ राजनीतिक पार्टीको आवश्यकता छैन । अहिले नयाँ भनेर निर्माण गरिएका पार्टीहरु केही दिनका ‘घामछाँया’ हुन । राजनीतिक पार्टीभन्दा देशभक्त युवा समाज निकै फरक संस्था हो । यसको आफ्नै नीति नियम छ । अन्य वाद भन्दा नेपालवादले यसलाई जित्छ ।
भनेपछि यो संस्था निःस्वार्थ रुपमा राष्ट्रियताको पक्षमा लाग्छ , राजनीतिक दल बन्दैन ?
कुरा प्रस्ट छ । राजनीतिक दल बन्दैन । जुन पार्टीले देशमा राम्रो काम गर्छ, त्यसलाई हामी पनि सघाउँछौं ।

 

 

यो पनि पढ्नुहोस् ।

 

 

http://news-nepal.com/%E0%A4%AE%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%87%E0%A4%A4%E0%A4%BF%E0%A4%98%E0%A4%B0-%E0%A4%AE%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A4%B2%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%AB%E0%A4%B9%E0%A4%B0%E0%A4%BE%E0%A4%88/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org