ताजा समाचार

नेपाली मिडियाको गुणस्तर दयालाग्दो : गोकुल पोख्रेल, पूर्वअध्यक्ष एनपीआई

 पत्रकारिता कस्तो क्षेत्र हो ? यस पेसामा आउनुपूर्व के गर्नुपर्छ ? र, समसामयिक नेपाली पत्रकारिताको अवस्थाबारे नेपाल प्रेस इन्स्टिच्युटका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार गोकुलप्रसाद पोख्रेलसँग गरिएको संक्षिप्त कुराकानी :

वर्तमान पत्रकारिताको अवस्था कस्तो छ ?
वर्तमान पत्रकारिताको अवस्था अफ्ठ्यारो भएर गुज्रिदैंछ । किनभने, पत्रपत्रिकाको, एफएम रेडियो र टेलिभिजनको संख्या दर्तामा धेरै भएपनि गुणस्तरमा अझै पछाडि छन् । यिनीहरुले लगानी गरे अनुसारको नाफा गर्न सकिरहेका छैनन् । नाफा गर्न नसकेको हुनाले नै धेरै कर्मचारीहरुलाई सिकारु पत्रकारको रुपमा लगाउने र पैसा नदिने गरेर ठगी धन्दासमेत सुरु भएको छ ।
युवनपुस्ता पत्रकारिता विषयप्रति आकर्षित हुनुको कारण के हो ?
पत्रकारिता व्यवसायमुलक विषय हो । यसलाई मानविकी अन्र्तगत  लिवर्ट आट्समा राखिएको छ ।  लिवर्ट आट्समा राखिए पनि लिट्रेचरहरुको पढाई भन्दा फरक के मा छ भने यसमा लेख्ने सीपको आवश्यकता पर्छ । त्यसै कारण म यसलई ‘भोकेशनल जर्नालिज्म’  भन्छु । र, भोकेशनल जर्नालिज्मबाट उत्रेका मानिसहरु धेरैलाई व्यवसायमा नहुने भएकाले र यो विषयलाई लिवर्ट आट्सबाट झिकिदिंदा मानविकी विषय लिएर पढ्नेहरु शुन्य प्रायः हुने हुनेनाले सबैले यस विषयलाई क्याम्पसमा समावेश गर्न रुचाउँछन् । यसमा पढ्ने विद्यार्थीहरुको चासो र संख्या बढ्नुको कारण पनि यही हो ।
पत्रकारितामा प्रवेश गर्नुपूर्व के मा ध्यान दिनुपर्छ ? 
पत्रकारिता भनेको गहन दक्षता चाहिने क्षेत्र हो । पढेर मात्रै हुँदैन, गरेर देखाउनुपर्छ । विदेशमा पत्रकारितामा प्रवेश गर्न कडा प्रतिस्पर्धा  गर्नुपर्छ । प्रतिस्पर्धा गरेर छनोट भएपछि मात्र पत्रकारितामा प्रवेश गर्दछन् । पत्रकारलाई खानपुग्ने गरी तलबभत्ता हुन्छ । उनीहरुले पत्रकारिता पेसाको मर्यादा अनुसार काम गर्छन् । र, पेट पाल्नको लागि दलाली गर्नुपर्दैन । आफ्नो पेसाप्रतिको निष्ठा उनीहरुले कायम गरेका हुन्छन् । हाम्रो मुुलुकमा त्यस्तो अवस्था छैन् । त्यसकारण पत्रकारिता विषयको अध्ययन पूरा गरेर पनि जब मार्केटमा जाँदा धेरै चुनौतीको सामना गर्नुपरेको देखिन्छ । कतिपय सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरुको अवस्था त निराशाजनक नै छ ।
विश्वविद्यालयले दक्ष पत्रकार उत्पादन गर्न नसकेको हो ?
धेरै विश्वविद्यालयहरुले यस विषयलाई कोर्स मा समावेश गरेका छन् । तर, त्यसको व्यवसायिक मर्यादा र दक्षता निर्माण गर्ने कार्यक्रम अपुरा र त्यसमा निगरानीको परिपाटी पनि धेरै कमजोर रहेको हुनाले उत्पादकहरु वाञ्छनीय गुणस्तरयुक्त हुन सकेका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org